असार २०, काठमाडौं । चर्चित रक गायक तथा अभिनेता रोविन तामाङको आकस्मिक निधन भएको छ ।

‘रोविन एन्ड न्यु रिभोलुसन’का लिड गायक ६० वर्षीय उनी मंगलबार साँझ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–५ चिस्यानीस्थित निवासमा मृत फेला परेका हुन् । उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । आज बिहान दश बजे उनको शव पोष्टमार्टम हुनेछ ।

नेपाली रक ब्याण्ड ‘रविन एन्ड दि रेभोलुसन’का संस्थापक रविन पछिल्लो समय फिल्म अभिनयमा निक्कै व्यस्त थिए । जय पशुराम, बादशाह जुट, चिसो एष्ट्रे, मुखौटा, छड्के, नाका, वान वे लगायत दर्जन बढी फिल्ममा अभिनय गरेका उनको पछिल्लो फिल्म छड्के २, केही समय अगाडि प्रदर्शनमा आएको थियो ।

ब्रिटिश सेनामा सक्रिय परिवारको कान्छो सन्तानका रूपमा उनको जन्म सिंगापुरमा भएको थियो ।