एनआरएन नेतृत्वमा त्रिकोणात्मक भिडन्त

बद्री, महेश र आरकेमा कसले बाजि मार्ने
हेमजी शर्मा


यतिखेर गैर आवासिय नेपालीहरुको छाता संगठन एनआरएनमा चुनाबको माहौल तातेको छ । संसारभर छरिएर रहेका प्रवासी नेपालीहरु एनआरएनको नया नेतृत्व चयनको संघारमा रहेका छन । आपसी मतभेद र अंहकारको रंगमा रंगिएका एनआरएन तिन अध्यक्ष र सयौ पदाधिकारीको मित्र मिलनपछि अहिले पुरानै लयमा फर्किएको आभास हुन थालेको छ । एनआरएन अभियान स्वदेशको स्वाभिमानसँग जाडिएको बिषय भएकोले पनि मुलुक भित्र र मुलुक बाहिर यसको नेतृत्व चयनको चर्चा चुलिएको छ । राजनितीवाट टाढा भएपनि एनआरएन राजनितीसँंग पछिल्ला केहि बर्षदेखि नजिकसगं जोडिएको छ र यसको रागमा मोडिएको पनि छ । त्यसैले पनि यस पटकको निर्वाचनमा राजनिती गर्दिन भन्दै भाषण गर्ने अभियन्ताहरु पार्टीको झन्डामा बेरिएका निगुरमुन्टाझै हुने पक्का छ ।
एनआरएनको निर्वाचन यही अक्टोबर महिनाको मध्यमा नेपालमा हुदै छ । तर अनलाइनवाट पनि भोट हाल्ने व्यवस्था भएकोले यस पटकको चनाबी माहौल ब्यालेटमा भन्दा कलेक्टमा बढि केन्द्रित हुनेदेखिन्छ ।
चुनाबी माहौलमा यस पटक कांग्रेश निकट जापानका महेश श्रेष्ठ, एमाले निकट बर्तमान अध्यक्ष बद्री केसी र माओवादी निकट मध्यपुर्वका राजेन्द्र कुमार शर्माको चर्चा निकै चुलिएको छ । रबिना थापाको नामपनि चर्चामा रहेपनि अवस्था अनुकुल देखिदैन । पार्टीले आफ्नो उपस्थीती देखाउन टाउको टेकाएपनि सबैको अवस्था तरल देखिन्छ । प्रवासी संगठनहरुमा काग्रेशीहरुको बाहुल्यता रहेता पनि घात प्रतिघात र आघातले सधै ठोक्कर खाइरहने भएकोले यस पटकको चुनाबमा पनि महेश श्रेष्ठ र बद्री केसीबिच घम्साघम्सी पर्ने संभावना बढेको छ । सत्तासाझेदारी दलहरुको समझदारी भइ एकै टिम बनेमा राजेन्द्र कुमार शर्मा(आरके)को नाम माओबादीले अध्यक्षमा अगाडि सारेको छ तर त्यो निर्णयमा पुग्न सकेको छैन । महेश श्रेष्ठ आरकेलाई पनि टिममा लिएर जाने प्रयासमा छन तर आरके यस पटक अध्यक्षवाट पछाडी नहटने कुरामा दृढ देखिएका छन । यसले बद्री केसीको टिमलाई फाइदा पुगेको छ । केसीले आफ्नो टिम बलियो बनाउन अर्ध
कांग्रेसीहरुलाई साथ लिने देखिन्छ । कांग्रेशको टिममा नपर्ने डेमोक्रयाट भन्नेहरुको एक हुल बद्रीको टिममा परिसकेका छन । हिजोका दिनमा एकै टिममा हिडेका महेश र बद्री केसी बिचको असमझदारी बढदैजाँंदा दुबैको मिश्रीत टिम बन्ने र त्यसमा कडा प्रतिस्पर्धा हुने देखिन्छ । महेशको टिममा अमेरिकावाट डाक्टर केशव पौडेल महासचिब बन्ने भएका बद्री केसीको टिमवाट अमेरिकावाटै गौरी जोशी महासचिबमा मैदानमा उत्रने संभावना बढेको छ । उपाध्यक्षमा भने एउटा टिममा नपर्ने अर्को टिमवाट उठने संभावना देखिएको छ धेरै तल्लो पदका उमेदबारहरु पर्ख र हेरको अवस्थामा देखिन्छन । पार्टीको लाइन जस्तो भएपनि सबैको टिम मिश्रीत बन्ने छ । यस पटक एनआरएनका दिमाग मानिएका हेमराज शर्मा भने चकमन्न देखिन्छन । एनआरएनका दिमाग र बिभाग मानिने जिवा लामिछानेको उपस्थीती देखिएको छैन उनको संल्गनता बढेमा फेरी टिममा फेरबदल आउने संभावना पनि उत्तिकै प्रबल देखिन्छ । उपाध्यक्षमा जापानका रबिन शेरचन,अस्ट्रेलियाका दिनेश जोशीपनि दुबै टिममा वार्तामा देखिन्छन । यी दुबै सर्वाधिक भोट हुने जापान र अस्ट्रेलियाका बलिया उमेदबार हुन । यस पटक मध्यपुर्ववाट मनोज गार्खाली ,प्रबिण गुरुङ , ओसेनियावाट डा ज्ञानेन्द्र रेग्मी र कृष्ण गीरीपनि सचिब र उप महाचिबको दौडमा अगाडि पछाडी देखिएका छन । उमेदबारहरुको लामो लिष्ट भएकाले दुबै टिमले टिम निमार्ण गर्दा अहिले खुलेरै आएका केहि उमेदबारहरु तलमाथि पर्न सक्ने देखिन्छ ।