थापा परिवारद्वारा ज्ञान प्रकाश मा.वि.मा पॅाचलाख बराबरको अक्षयकोष स्थापना

I’m

२७ फाल्गुन,ओखलढुंगा,
ज्ञान प्रकाश माध्यमिक विद्यालय,फुलवारीको ६२औ स्थापना दिवसको अवसरमा रु पॅाचलाख बराबरको शुभमाया थापा स्मृती अक्षयकोष स्थापना गरिनुका साथै विद्यार्थीहरुलाई

पोषाक तथा खेलकुद सामाग्री वितरण गरि विविध कार्यक्रमको आयोजना गरि भव्य रुपमा सम्पन्न गरिएको छ।

चम्पादेवी गा.पा. वाडनं.७ फुलवारीमा अवस्थित ज्ञान प्रकाश माध्यमिक विद्यालयको ६२औ स्थापना दिवसको अवसरमा विद्यालय व्यावस्थापन समितिद्वारा आयोजित कार्यक्रममा शुभमाया थापाको नाममा उहॅाका नौजना छोराछोरीले (छोरा६छोरी३)रु पॅाचलाख अक्षयकोष स्थापना गर्नुका साथै उक्त विद्यालयका शिक्षक तथा विद्यार्थी हरुलाई दुईसय थान पोषाक तथा खेलकुद सामाग्री वितरण गरेका थिए।कार्यक्रमको अध्यक्षता  विद्यालय व्यावस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खत्रिले गरेका थिए भने प्रमुख अतिथि कोशी प्रदेश माननीय बावुराम गौतम रहेका उक्त बार्षिक उत्सव कार्यक्रम ज्ञानप्रकाश मा.वि.को प्रांगनमा सम्पन्न भएको हो।


ज्ञान प्रकाश मा.वि को ६२औ बार्षिक उत्सवको अवसरमा कक्षा एक देखि SEE सम्म सर्वोकृष्ट अंक प्राप्त गर्ने छात्र तर्फ एक एक जना र छात्रा तर्फ एक एक जना लगायत जनजाति,अल्पसंख्यक र दलितबाट सर्वोकृष्ट ॲक प्राप्त गर्ने जम्मा २६ जना विद्यार्थीहरुलाई जनहि पन्ध्रसयका दरले छात्रवृत्ति प्रदान गरेको थियो ।

कार्यक्रममा उपस्थित अन्य अतिथि चम्पादेबी गॅाउपालिका अध्यक्ष नवराज के.सी,उपाध्यक्ष दिला माया मगर,नेपाल सरकारका उपसचिव राजेश कुमार थापा,डा मुनकर्ण थापा, ज्ञान प्रकाश मा.वि.का प्र अ प्रेम न्यौपाने,स्थानिय ने.क.पा.एमालेका नेता,तिर्थ सुवेदी,खड्ग बहादुर कार्की,चम्पादेवी वाडनं.६का वडाध्यक्ष गणेश के.सी, झम्कहरी बडाल,ज्ञानप्रकाश मा.वि.घोराखरीका पुर्व प्र.अ लिला वहादुर कटवाल पुर्व शिक्षक शंकर के.सी,पार्वती थापा,लगायतका विभिन्न अतिथिहरुले  आआफ्नो मन्तव्य राख्ने क्रममा शिक्षालाई राजनितिबाट टाढा राखिनुपर्दछ र सरकारी स्कुलमा पढेका विद्यार्थीहरु निजि स्कुलमा पढ्ने  विद्यार्थीहरु भन्दा कम छैनन भन्ने भाष्य निर्माण गरिनु पर्दछ भन्दै स्थापनाको ६२औ वर्षको शुभकामना व्यक्त गरेका थिए।

२०१८ सालमा पदम बहादुर कार्की,ललित बहादुर कार्की,चन्द्रमान तमाडंले गॅाउका छोराछोरीलाई शिक्षाप्रदान गर्ने हेतुले स्थापना गरेको थिए।ज्ञान प्रकाश मा.वि.को हालको व्यावस्थापन समितिको अध्यक्षमा चम्पादेबी वाडनं ७ का कृष्ण बहादु खत्री(ध्यानी) रहेका छन।चम्वापादेवी ७ का वडाध्यक्ष तथा नेकपा एमालेका युवानेता सुरेश कुमार थापाले स्कुलको स्तरिय पठनपाठन आफ्नो पहिलो प्राथमिकतामा रहेको र नयॅा शैक्षिक सत्रबाट कक्षा ११ र १२मा पनि पठनपाठन गराउने जिकिर गरेका छन।हाल ज्ञान प्रकाश मा.वि.मा १७२ जना  विद्यार्थीहरुले पठनपाठन गरिरहेका छन भने यहॅा जम्मा १० जना दरवन्दिमा र निजि श्रोतवाट दुइजना,वालशिक्षक १,लेखा कर्मचारि १,कार्यलय सहायक १ गरि जम्मा १५ जना कर्मचारि कार्यरत छन॥