वैशाख ६, काठमाडौं । केही दिन अब रातको समयमा ललितपुरको सातदोबाटो–बालकुमारी सडक
खण्ड बन्द हुने भएको छ ।

ग्वार्कोमा फ्लाइओभर निर्माणका लागि ६ देखि ११ वैशाख सम्म सडक बन्द गरिने भएको हो ।
यी दिनहरूमा राति १० देखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द गरेर निर्माणको काम हुनेछ ।

ग्वार्को चोकमा २०७९ को मंसीरदेखि फ्लाइओभर निर्माण सुरू भएको थियो ।
दुई वर्षमा बनाइसक्ने गरी सम्झौता भएको थियो । तर सकिनुपर्ने बेला निर्माणले बल्ल गति लिएको छ ।