वैैशाख ६, काठमाडौं । सरकारको सिफारिशमा राष्ट्रपति पौडेलले अन्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका हुन्। नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको जानकारी दिएका छन्।

राष्ट्रिय सभामा सरकारको सिफारिशमा कम्तीमा एक महिला सहित तीन जना मनोनीत हुने व्यवस्था नेपालको संविधानको धारा ८६ को उपधारा २ खण्ड (ख)मा रहेको छ। गत चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको रिक्त सदस्य पदमा शाक्यलाई मनोनीत गर्न सिफारिश गरेको थियो।