काठमाडौं प्रमुखको जिम्मेवारी विभागमा रहेका बसन्त रजौरेलाई दिएका छन् ।

काठमाडौं/वैशाख १४, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् ।

अपराध अनुसन्धान विभागमा काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई सरुवा गरिएको छ । काठमाडौं प्रमुखको जिम्मेवारी विभागमा रहेका बसन्त रजौरेलाई दिएका छन् ।

राष्ट्रिय सुरक्षा परिषद्मा उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् । प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ ।

कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।