समाचार

कमल तामाङद्वारा जनजाति खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी

By Bala Adhikari

October 06, 2026

काठमाडौँ । नेपाली कांग्रेस ओखलढुङ्गाका उपसभापति तथा सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा जनजाति खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ। महाधिवेशनअन्तर्गत मंगलबारदेखि सुरु भएको उम्मेदवारी दर्ता प्रक्रियामा तामाङले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो। ओखलढुङ्गा जिल्लाको पार्टी संगठनमा रहेर काम गर्दै आउनुभएका तामाङले जनजाति खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको जानकारी नेपाली कांग्रेस ओखलढुङ्गाका जिल्ला सचिव राजकुमार ढुङ्गानाले दिनुभएको छ। तामाङ हाल नेपाली कांग्रेस ओखलढुङ्गाको उपसभापति हुनुका साथै सुनकोशी गाउँपालिकाको अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ।