nc news

कांग्रेस महाधिवेशनका लागि प्रेस पासको व्यवस्था

By Bala Adhikari

October 03, 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहको समाचार सङ्कलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीलाई प्रेस पासको व्यवस्था गरिएको छ।

महाधिवेशनको समाचार सम्प्रेषण सहज बनाउन काठमाडौंको खुलामञ्चमा मिडिया सेन्टर स्थापना गरिएको छ। सेन्टरमा सञ्चारकर्मीका लागि इन्टरनेट, निःशुल्क वाइफाइ तथा आवश्यक प्राविधिक सुविधा उपलब्ध गराइएको छ।

उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्न चाहने सञ्चारमाध्यमले समेत मिडिया सेन्टरबाट आवश्यक सुविधा लिन सक्नेछन्। पत्रकारलाई आइतबारदेखि मिडिया सेन्टरबाटै प्रेस पास उपलब्ध गराइनेछ।

महाधिवेशनका गतिविधि सञ्चारमाध्यमसम्म सहज रूपमा पुर्‍याउन आवश्यक तयारी पूरा गरिएको मिडिया सेन्टर प्रमुख जीवन भण्डारीले जानकारी दिनुभयो।