समाचार

पेसागत–विज्ञ महिला तर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा बाला अधिकारीको उम्मेदवारी

By Bala Adhikari

October 06, 2026

पेसागत–विज्ञ महिला तर्फबाट कांग्रेस केन्द्रीय सदस्यमा बाला अधिकारीको उम्मेदवारी

काठमाडौँ । नेपाली कांग्रेसकी पूर्व केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घकी पूर्व कार्यवाहक अध्यक्ष डा. बाला अधिकारीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पेसागत–विज्ञ महिला तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ। आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएकी अधिकारीले पार्टीको केन्द्रीय कार्यसमितिमा पेसागत क्षेत्रको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिनुभएको हो।

पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै नेपाल पत्रकार महासङ्घको उपाध्यक्ष तथा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नुभएकी अधिकारी कांग्रेसको राजनीतिमा पनि लामो समयदेखि सक्रिय हुनुहुन्छ। उहाँले पत्रकारिता, आमसञ्चार र राजनीतिक क्षेत्रमा हासिल गरेको अनुभवलाई पार्टीको नीतिनिर्माण र संगठन सुदृढीकरणमा उपयोग गर्ने उद्देश्यसहित पेसागत–विज्ञ महिला समूहबाट उम्मेदवारी दर्ता गराउनुभएको हो।