कभर स्टोरी

१८ औँ एशियन गेम्स अन्तर्गत आज नेपाल जापानसँग भिड्दै

By Bala Adhikari

August 14, 2018

काठमाडौँ, साउन २९ । इन्डोनेशियामा हुने १८ औँ एशियन गेम्स अन्तर्गत पुरुष फुटबलमा आज साँझ नेपाल र जापानबीचको खेल हुँदैछ ।

इन्डोनेशियाको सिकाराङस्थित विबावामुक्ति रङ्गशालामा नेपाली समयानुसार साँझ पौने ७ बजेबाट हुन लागेको नेपाल र जापानबीचको खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले बताएको छ ।

इन्डोनेसियामा आगामी भदौ २ देखि औपचारिक रुपमा उद्घाटन हुने १८ औँ एशियाली खेलकूदको फुटबलतर्फकको प्रतिस्पर्धा भने अहिले चलिरहेको छ ।

थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण सकेर इन्डोनेशिया पुगेको नेपाली टोली आज जापानसँग भिड्दै एशियन गेम्सको प्रारम्भ गर्न लागेको हो ।

इन्डोनेशिया जानुअघि नेपाली टोलीले थाइल्याण्डमा दुई अभ्यास खेल खेलेको थियो । ती दुवै खेलमा नेपालले पराजित बेहोरेको थियो । एशियन गेम्सको समूह ‘डी’ मा रहेको नेपालले जापानपछि भियतनामसँग यही साउन ३१ मा भियतनाम र भदौ १ गते पाकिस्तानसँग भिड्नेछ ।

जापान फिफा बरियतामा ६१ औँ र नेपाल १६१ औँ स्थानमा रहेको छ । जापान विश्वकपको अन्तिम १६ सम्मको यात्रा गरिसकेको छ ।