कभर स्टोरी

सरकार अधिनायकवादतर्फ उन्मुख : डा महत

By Bala Adhikari

August 17, 2018

पोखरा, भदौ १ । सरकारको काम संघीयताप्रति बितृष्णा पैदा गर्ने खालको भएको नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतको टिप्पणी छ ।

सरकारकै कारण संघीयता असफलतातिर उन्मुख भएको उनले दाबी गरेका छन् । उनले जनताले बोक्नै नसक्ने गरी करको भारी लगाइएकोप्रति आपत्ति जनाएका छन् । सरकारको काम हेर्दा संघीयता असफलतातिर गएको उनको भनाइ छ ।

डा महतले भने– यसले संघीयताप्रति बितृष्णा जगाउने काम भयो, यसमा सरकार परिवर्तित हुनुपर्छ । हाल सरकारले गरिरहेका काम हेर्दा समृद्धि हासिल गर्न नसकिने उनले प्रस्ट पारे । कांग्रेसले जितेका स्थानिय तहमा भारी कर लगाउन नदिने र लगाएको भए फिर्ता गर्न निर्देशन दिइने उनले बताएका छन् ।

सहमहामन्त्री डा महतले सरकार अधिनायकवादतर्फ गएको आरोप लगाएका छन् । राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा नियन्त्रण गरेर सरकार अघि बढ्न खोजेको भन्दै डा महतले भने– सरकार राजनीतिक, आर्थिक र सामाजिक अर्थात सबैतिर कमाण्ड एण्ड कन्ट्रोलतर्फ अग्रसर रहेको छ, यसले देशलाई ठीक बाटोतर्फ लैजादैन ।

सरकारले बाटो बिराएको भन्दै उनले सुिध्रन अनुरोध गरेका छन् । सरकार नसुध्रिएदेखि आन्दोलन गर्ने चेतावनी दिँदै उनले भने– सरकार सुध्रिनुपर्छ, कमाण्ड एण्ड कन्ट्रोल नीति अन्त्य गर्नुपर्छ, अन्यथा सरकार सुध्रिएन भने कांग्रेस आन्दोलनमा जान्छ ।

प्रेस स्वतन्त्रतालाई कुण्ठत गर्ने कुरा कांग्रेसलाई मान्य नहुने डा.महतको भनाइ छ । हालको सरकारले सीमा नाघेकाले आउँदो भदौ १५ गते कांग्रेसले त्यसको बिरोध प्रदर्शन गर्न लागेको उनले जनाएका छन् ।