बिदेशमा सिकेको शिप र ज्ञान नेपाल पुरयाउने
गैर आवासिय नेपाली संघ(एनआरएन) ओसेनिया क्षेत्रको आयोजनामा यही आउदो सेप्टेम्बर १५ तारिखका दिन सिडनीको डार्लिङ हार्बरको पार्क रोयलमा प्रथम ओसेनिया बिज्ञ सम्मेलन आयोजना हुने भएको छ । एनआरएन अोसेनिया क्षेत्रले शुक्रबार राती पत्रकार सम्मेलनको आयोजना गर्दै यस क्षेत्रमा छरिएर रहेका बिज्ञहरुलाई समेटेर उनिहरुले सिकेको शिप र ज्ञानलाई नेपालसम्म पुरयाउने यस सम्मेलनको उद्देस्य रहेको जनाएको छ । अस्ट्रेलिया,न्युजिल्यान्ड,फीजी र पपुवा न्युगीनी जस्ता राष्ट्रमा महत्वपुर्ण भुमिकामा रहेका नेपाली बिज्ञहरुलाई एकैथलोमा भेला पारेर यहा सिकेको र आर्जेको ज्ञानलाई नेपालमा कसरी हस्तान्तरण गर्न सकन्छ भन्ने सोचका साथ पहिलो पटक एनआरएनले यो सम्मेलनको आयोजना गर्न लागेको एनआरएन ओसेनिया क्षेत्रका संयोजक धर्मराज अधिकारीले बताए । नेपालमा अक्टोबर १३ र १४मा आयोजना हुने गैर आवासिय नेपाली संघको बिश्व बिज्ञ सम्मेलनमा सहयोग पुरयाउने र मुलुकको बिकाससँंग जोडिएका बिविध बिषयमा छलफल चलाएर त्यसलाई कार्यान्वयनको पाटोमा अगाडि बढाउने उद्देस्यका साथ यो सम्मेलन अगाडि बढने छ, अधिकारीले सुनाए । सिडनीमा आयोजना हुने बिज्ञ सम्मेलनमा कृषी तथा खाध्य सुरक्षा ,पुर्वाधार निमार्ण तथा रेलवे ,सुरुङ मार्ग ,स्वास्थ तथा शिक्षा बिषयमा सम्मेलन केन्द्रित हुने संयोजक अधिकारीले जानकारी गराए । अस्ट्रेलया र न्युजिल्यान्डमा रहेका नेपाली बिज्ञहरुको बिज्ञतालाई हेरेर मुलुकको संभावनासँंग जोडेर कार्यपत्र तयार पारीएको एनआरएन आइसीसी सदस्य दिनेशराज जोशीले बताए । कार्यक्रम सन्चालन गर्दै सदस्य जोशीले भने ,यहा रहेका बिज्ञहरुको बिज्ञतालाई ध्यानमा राखेर उनिहरुसँंग् हातेमालो गर्दै मुलुकको बिकाससँंग जोडने कार्यमा एनआरएन लागि परेको छ । पत्रकारसम्मेलनमा बिषयगत छनोट र सम्मेलनको महत्व बारे बोल्दै आइसीसी सदस्य होम पाण्डेले आइसीसीले दिएको गाइड लाइन र यहाँं रहेका बिज्ञहरुको बिषयगत महत्व हरेर कार्यपत्रको लागि आग्रह गरिएको हो । कार्यक्रमको उद्देस्य बारे प्रकाश पार्दै ओसेनिया क्षेत्रका युवा संयोजक ऋषी आचार्यले ्मुलुकका हितका खातिर बिज्ञहरुलाई जम्मा पारेर उनिहरुको शिप र ज्ञानलाई दुइ देश बिच जोडने कार्य आफैमा महत्वपुर्ण भएकोले यसमा सबै क्षेत्र र बर्गको सहभािगता महत्वपुर्ण रहेको बताए । ओसेनिया क्षेत्रका आइसीसी सदस्यहरु जानकी पौडेल, दिपक भट्टराइ , बबीता श्रेष्ठ ,कान्छि आइसीसी सदस्य उषा बारिया पोखरेल लगायतको उपस्थीतीमा रहेको थियो ।