विदेश

नेपाली जनसम्पर्क समिति, क्यानडाको अधिबेशन स्थगित ।

By Bala Adhikari

August 18, 2018

लोकसत्ता सम्वाददाता, क्यानडा ।

नेपाली जनसम्पर्क समिति, क्यानडाले एक प्रेश बक्तब्य जारी गर्दै यहि अगष्ट २६ मा हुने भनिएको अधिबेशन सभापतिको राजीनामा बाट उत्पन्न बर्तमान परिवेश र घटनाक्रमलाई मध्यनजर गर्दै अर्को सूचना नभए सम्मको लागि स्थगन गर्ने निर्णय सहितका धारणा सार्वजनिक गरेको छ ।

यस्तो अबस्थामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले पार्टिले नेपाली जनसम्मर्क समिति, क्यानडाको बोर्डलाई कुनै आधिकारीक जानकारी नगराएको अबस्थामा आफ्नो ब्यक्तिगत लेटर प्याडमा पार्टिले आफुलाई अधिबेशन सम्पन्न गर्न अख्तियारी गरेको भन्ने पत्र सार्वजनिक गरेर झन बिबाद श्रृजना गरेका छन् ।

यसले क्यानडामा रहेका सबै लोकतन्त्रबादीहरुको भाबनामा झन कुठाराघात भएको देखिन्छ ।