कभर स्टोरी

प्रधानमन्त्री ओलीलाई प्रदेशसभामा डुलेर उपदेश नदिन गगनको आग्रह

By Bala Adhikari

August 21, 2018

काठमाडौं,भदौ ५ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा डुलेर उपदेश नदिन र आफूले गर्नुपर्ने कामलाई प्राथामिकतामा राखी काम गर्न नेपाली कांग्रेसका नेता गगन थापाले आग्रह गरेका छन् । थापाले मंगलबार संसद बैठकमा प्रधानमन्त्री ओलीले गर्नुपर्ने काम नगरी प्रदेशसभा डुलेर भाषण दिने र अन्तर्वार्तामा रोइलो गर्न छाड्न आग्रह गरका हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशसभा प्रदेशसभा डुलेर उपदेश दिन छाड्ेर अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्न् थापले अनुरोध गरे । थापाले भने गर्नु पर्ने काम गर्नुस्, यति मात्र बुझिदिए पुग्छ, संघीयता असफल, प्रधानमन्त्री सफल बन्नुहुन्न । संघीयताको असफलता प्रधानमन्त्रीको पनि असफलता हुन्छ । प्रधानमन्त्रीको व्यवहार संघीयता विरोधी देखिएको थापाले आरोपसमेत लगाए ।

झापाका कम्युनिस्ट नेता खड्गप्रसाद ओलीलाई संघीयताको विरोध गर्ने छुट भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यस्तो छुट नभएको भन्दै अहिले प्रधानमन्त्रीकै कारण संघीयतामाथि नै प्रश्न उठ्ने अवस्था आएको प्रति थापाले आपति जनाए । संविधानले परिकल्पना गरेको प्राकृतिक स्रोत र वित्त आयोग अहिलेसम्म नबन्नु यसको उदाहरण भएको थापाले जानकारी गराए ।

आयोगलाई राजनीतिक नेतृत्व नदिई कर विवाद समाधान गर्न कर्मचारीहरुको समिति बनाउनु दुखद भएको उनले प्रष्ट्याए । प्रधानमन्त्रीलाई यो आयोगको महत्व बारे जानकारी नभएको हो या हेल्चेक््रयाइ गरीएको हो उनले प्रष्न गरे । उनले स्थानीय सरकार सञ्चालन ऐन २०७४ बने पनि नियमावली नभएको बताउँदै नियमावली नहुँदा करमा समस्या देखिएको जानकारी गराए ।

ऐन नियमावली बनाउने जिम्मा दिएका मन्त्री कर्मचारीलाई र सचिवलाई ‘प्रधानमन्त्रीले एक पटक बोलाएर नियमावली खोई भनेर सोध्न समेत नसकेको थापाले बताएका छन् । धेरै कर उठाउने र बाँड्नेलाई सफल अर्थमन्त्री मान्ने मानसिकता केन्द्रिय सरकारले बनाएको स्पष्ट पार्दै उनले भने अब स्थानीय सरकारले के गर्छ ?