बद्री पन्त जाजरकोट, भदौ ६ । गत साउन २९ गते आएको बाढी पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा व्यापक क्षेती गरेको छ । नगरका १ देखि १३ वटा वडामा बाढी पहिरोले क्षेती गरेको हो । नगरका विभिन्न स्थानमा घर तथा विद्यालय जोखिमा परेका छन । भौतीक संरचना खेती योग्गे जमिन नष्ट भएको छ । लगातारको वर्षाताका कारण विभिन्न खोलामा बाढी आउदा पुलहरु बगाउदा आवत जावत ठप्प भएको छ । बाढी पहिरोले नलगाड नगरपालिकामा २३ घर वगाएको छ । १५ घर आंशिक रुपमा क्षेती भएको छ ।
४३ घरपरिवार विस्थापित भएका छन । भने ८२ घर बाढी पहिरोको उच्च जोखिममा रहेका नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलले बताउँछन् । बाढी पहिरोबाट नलगाड ३ मा ७ घर, १२ मा २, घर, ११ मा २ घर, ६ मा ३ घर, ५ मा ४ घर, २ मा १ घर, २ मा १ घर, ८ मा १ घर, १ मा १ घर गरी २३ घर पूर्णरुपमा क्षेती भएका छन । बाढीले ३ वटा मिल, ७० घट्ट बगाइ सकेको छ । भिषण बाढीले सयौ हेक्टर धान नगाएको खेत तथा पाखोबारी नष्ट गरेको नगर प्रमुख रावलले जानकारी गराए । वाढी र पहिरोको कारण दुई दर्जन भन्दा बढी खानेपानी आयोजना, विद्युत, सडक लगाएत थुप्रै संरचना ध्वस्त पारेको नलगाड ४ का वडा अध्यक्ष लक्ष्मीबहादुर रावलले जानकारी दिएका छन् । पुल वगाएपछि सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ ।
झुमरा खोलामा आएको बाढीका कारण पुलहरु बगाएपछि एक दर्जन भन्दा बढी विद्यालयको पढाई प्रभावित भएको छ । आवतजावतमा समस्या भएपछि विद्यालयको पढाई प्रभावित भएको हो । बाढीले कालिमटी र घुवारामा रहेको पुल बगाएकाले बारेकोट गाउँपालिकामा जाने–आउने बाटोका साथै जाजरकोट–डोल्पा सडक खण्डसमेत अवरुद्ध भएको छ । बाढी र पहिराबाट भएको क्षतिका विषयमा अध्ययन गर्न नगरपालिकाले कार्यदल पनि गठन गरेको छ । बाढी र पहिरोवाट करोडौंको क्षति भएकाले सक्दो सहयोग गर्न पनि नगर प्रमुख रावलले सम्वन्धीत सवैलाई आग्रह गरेका छन् । पुल बगाएपछि विद्यार्थी मात्र हैन, बारेकोट गाउपालिका, डोल्पा, जुम्ला लगाएत क्षेत्रतर्फ जाने यात्रुलाई समेत समस्या भएको छ ।
त्यस्तै बाटो नहुदा बाढीपहिरो प्रभावित क्षेत्र दैनिक उपभोग्य बस्तु आपुर्ती गर्न थप समस्या भएको छ । उक्त खोलामा आएको बाढीले नलगाड ३ को साङट् खेत, २ र ४ को कैनाखेत, सिस्नेरी खेत, बागमारे खेत, सादनमुरा खेत, रानीखेत, सेराखेत लगाएत सयौं रोपनी खेत बगाएको छ । बाढी धान खेत ज्युलो पुरै नष्ट गरेपछि स्थानीय घर न घाटका भएको नलगाड ४ का भक्तबहादुर ओलीले बताए । नलगाड नगरपालिका ३ सानावन गाउँ तलको भागमा निरण्तर पहिरो गइ रहेको छ । पहिरो जाने क्रम नरोकीदा पुरै गाउँ जोखिममा परेको छ । पहिरोको कारण सानावनका हेमन्त बुढा, डम्बर बुढा, भद्रबहादुर बुढा, मोहन बुढा, गोपाल रोकाय, लालबहादुर बुढा, गोरे राना, अमर राना, छवि राना, मनबहादुर बुढा, कर्णबहादुर बुढा, रणबहादुर रोकाय, डिलबहादुर रोकाय, कर्णबहादुर रोकाय लगाएत २३ घर परिवार विस्थापीत भएको भएका छन । विस्थापीत परिवार लालिगुरास प्राथामिक विद्यालय, चाउलेचौर जाने सडकमा बस्तु भाउ राखेर बसेका छन । सानावन गाउँ पहिरोको कारण धाँजा फाटेको छ । बस्ती नै बस्न नमिल्ने भएको स्थानीय मनबहादुर विष्टले बताउँछन् ।
पहिरोले ७ किलोवाट सिलीपलाउन लघु जलविद्युतको पावर हाउस र निर्माणाधिन १५ किलोवाट सिलपलाउन स्याला धर्मशाला लघु जलविद्युत आयोजना बगाउदा २ सय घर विजुली बत्तीको सुविधाबाट बन्चित भएका छन । बाढी पहिरोका कारण प्रभावित क्षेत्रका विस्थापित घरपरिवारको विचल्ली भएको छ । बस्ने घर पहिरोले बगाए पछि नलगाड ३ का डम्बरबहादुर बुढाको ८ जनाको परिवार समस्यामा परेको छ । बस्ने पहिरोले वगायो कहाँ जाने कहाँ बस्ने समस्या भएको डम्बरबहादुर बुढाले गुनासो गरे । नगरमा डोजरले अन्दाधुन्द सडक खन्दा बाढी पहिरो आएको हो । यसैगरी नगरले बाढी पहिरो प्रभावित परिवारलाई राहत वितरणको काम थालेको छ ।
नगरको विपत व्यवस्थापन कोषबाट विस्थापित भएका घर परिवारलाई १ वटा त्रिपाल र ३० किलो चामल, पूर्ण रुपमा घर नष्ट भएका परिवारलाई त्रिपाल, चामल, भाँडाकुडा र ५ किलो दाल, पूर्ण रुपमा घर नष्ट भएका परिवारलाई ८ हजारका दरले रुपैया दिने र आंसिक क्षेती भएका घर परिवारलाई ५ हजारका दरले तथा मृतक परिवारलाई १० हजार रुपैया उपलब्ध गराउने नगर प्रमुख रावलले जानकारी गराए । नलगाड नगरपालिका ७, दानीपिपल खोलामा आएको बाढीले बगाउँदा ३५ बर्षीय उमेश शाहीको मृत्यु भएको थियो । बाढी पहिरोको कारण नलगाडका दर्जन बढी सडकको यातायात सेवा २ महिना देखि बन्द भएको छ ।
फोटो क्याप्सन : गत साउन २९ गते आएको बाढी पहिरोले नलगाड नगरपालिकामा व्यापक क्षेती गरेको छ । सयैसंघ सम्बन्धीत तस्वीरहरु । बद्री पन्त जाजरकोट ।