कभर स्टोरी

८२ जनामा स्क्रब टाइफसको संक्रमण फेला

By Bala Adhikari

August 23, 2018

चितवन, भदौ ७ । चितवन जिल्लामा गत साउन महिनामा ८२ जनामा स्क्रब टाइफसको संक्रमण फेला परेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाए अनुसार ४३१ जना बिरामीको नमूना परीक्षण गरिएको थियो ।

मुसामा हुने किरा (माइट) को टोकाइबाट यो रोग लाग्ने गर्दछ । गत आव २०७४/७५ मा दुई हजार २३७ जनाको नमूना परीक्षण गर्दा ४१० जनामा स्क्रब टाइफस फेला परेको थियो ।

जिल्लामा साउनमा ५ जनामा डेङ्गुको संक्रमण फेला परेको छ । कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार ३४६ जनाको परीक्षण गरिएको थियो । डेङ्गु संक्रमित तीन जना चितवनका हुन् भने दुई जना बाहिरी जिल्लाका रहेका छन् ।

अघिल्लो आवमा ५९ जनामा डेङ्गुको संक्रमण फेला परेको थियो । एक हजार ४८३ जनाको नमूना परीक्षण गरिएकामा सो संख्यामा डेङ्गुको संक्रमण फेला परेको थियो । जसमध्ये ३३ जना चितवनका रहेका थिए ।

डेङ्गु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।