कभर स्टोरी

सरकारले दण्डहिनतालाई प्रश्रय दियो : डा शेखर कोइराला

By Bala Adhikari

August 25, 2018

नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले कन्चनपुर घट्नाका दोषीलाई उन्मुक्ती दिएर सरकारले दण्डहिनतालाई प्रश्रय दिएको बताएका छन् ।

डा कोईरालाले प्रहरी प्रशासनले घट्नालाई कमजोर बनाउँन लागेको जानकारी गराउँदै दोषी जतीसुकै शक्तीशाली भएपनी कानुनी कठघरामा ल्याउँनूपर्ने बताएका छन् । कोईरालाले बलात्कारी र हत्यारालाई कारबाहीको माग गर्दा सरकारले जनतालाई गोली उपहार दिएको प्रति आपत्ती जनाएका छन् ।

नेपाल महिला संघ मोरंग-३ ले सलकपुरमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै डा कोईरालाले सरकार एकदलिय तानाशाही शासनतर्फ अगाडी बढीरहेको जानकारी गराए । डा कोईरालाले सरकार दूई तिहाईको दम्भमा नागरिकमाथी गोली बर्साउँदै हिडेको बताउँदै संबिधान प्रदत्त नागरिक अधिकार नखोस्न सरकारलाई चेतावनी समेत दिएका छन् ।

कार्यक्रममा प्रदेस सभा सदस्यहरू-लोकप्रसाद संग्रौला र शेखर थापा, मोरंग काँग्रेसका युवा नेताहरु-बसन्त भट्टराई,ललित श्रेष्ठ, देवराज तामांग लगायतले बोलेका थिए।