कभर स्टोरी

दोषीलाई कारवाहीको माग गर्दै नेविसंघद्वारा राजधानीमा प्रदर्शन

By Bala Adhikari

August 25, 2018

बलात्कारपछि हत्या गरिएकि निर्मला पन्तका परिवारलाई न्याय र प्रहरीको गोलि लागि मृत्यु भएका सोनु खुनाको पक्षमा न्याय माग्दै नेविसंघले राजधानीमा प्रदर्शन गरेको छ ।

आन्दोलनरत जनता माथी गोलि बर्साएर हत्या गरिएका शनि खुना लाई सहिद घोषणा गर्न माग गर्दै र दोषी लाई कारवाही गरिनुपर्ने माग गर्दै नेबिसंघ आर आर क्याम्पसको आयोजनामा प्रदर्शनी गरिएको हो ।

नेपाल बिध्यार्थी संघ आर आर क्यामपसका अध्यक्ष सन्जिब ढकालको अध्यक्षतामा प्रदर्शन गरिएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै नेविसंघका सह महामन्त्री अच्युत कलौनी, केन्द्रिय सदस्य तारक केसी, अशोक सिंह बिष्ट, जन प्रशासन क्याम्पस स्ववियु सभापति पन्कज सुवेदी लगायतले सरकारले घटनाको यथासक्य सत्यतथ्य सार्वजनिक गरी वास्तविक दोषिलाई कार्वाही गर्नुको साटो घटनाको वास्तविकता लुकाउन तिर लागिपरेको आरोप लगाएका छन ।