आर्थिक

शेयर बजार ओरालो लाग्यो

By Bala Adhikari

August 26, 2018

काठमाडौँ, भदौ १० । निरन्तर घट्दै आएको शेयर बजार साताको पहिलो दिन आज पनि केही अंकले ओरालो लागेको छ । नेप्से परिसूचक २.७८ विन्दुले ओरालो लागेर एक हजार १७५.७२ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ विन्दुले ओरालो लागेर २४८.४२ विन्दुमा कायम भएको छ । कूल १४६ कम्पनीको रु छ लाख नौ हजार २५७ कित्ता शेयर रु २० करोड ५५ लाख ५८ हजार ६४३ मूल्यमा खरिद बिक्री भएका छन् ।

उत्पादन समूह बाहेक अरु उपसमूहको शेयर घटेको हो । उत्पादन समूहको शेयर १४.१७ विन्दुले उकालो लागेको छ । बैंकिङ १.०३, होटल ०.०४, विकास बैंक ११.५, जलविद्युत् २.०६, वित्त १.६१, निर्जीवन बीमा ४२.४८, अन्य २.७, माइक्रोफाइनान्स १२.६२ र जीवन बीमा १.८८ बिन्दुले घटेको छ ।

स्टकका अनुसार घटेको बजारमा ङादी समूहका शेयर लगानीकर्ताले चार प्रतिशत कमाएका छन् भने बैंक अफ काठमाडौँका शेयर लगानीकर्ताले तीन प्रतिशत कमाएका छन् ।

यस्तै कर्णाली विकास बैंक, आइएमई जनरल इस्योरेन्स, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।