खेलकुद

वेस्ट युनाइटेडको खेलाडी सम्मान

By Bala Adhikari

August 26, 2018

अस्ट्रेलियाको नेपाली समाजमा चिरपरिचित खेलकुद क्लबका रुपमा चिनिएको वेस्ट युनाइटेड क्लबले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत खेलाडी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सन २००७मा स्थापना भएको वेस्ट युनाइटेड क्लबले अस्ट्रेलियाको नेपाली समुदायमा हुने बिभिन्न प्रतियोगितामा आधा दर्जन उपाधि सहित आपसी भाइचारा र नेपाली समुदायबिच एकता गास्ने काम गर्दै आएको छ । आइतबार वेस्ट युनाइटेडले आफ्ना क्लबका नया भित्रिएका खेलाडीलाई स्वागत , क्लबलाई सहयोग गर्ने प्रायोजकहरुलाई सम्मान र पुराना खेलाडीहरुलाई अभिनन्दन गरेर आफ्नो बार्षिकोत्सव मनाएको छ । कार्यक्रमका क्लबले प्रयोजकहरु सिडनी सिटी कलेज ,गुडवे एजुकेशन र एडब्लुएल एकाउन्टीङलाई मायाको चिनोद्धारा सम्मान गरेको छ । कार्यक्रममा क्लबका अध्यक्ष अम्वेशराज भण्डारीले प्रारम्भका दिनमा फुटबल खेल्दा टिम समेत नपुग्ने इतिहास सुनाउदै भने अहिले सबैको सहयोग र खेलाडीहरुको माया ममताले क्लबले बिभिन्न चरणमा सफलता हात पारेको छ । कार्यक्रममा उपाध्यक्ष कुमार अर्यालले क्लबको महत्वपुर्ण पक्ष भनेको खेलाडी र प्रायोजक भएकोले क्लबलाई माया गरिदिनु सबै वेष्ट युनाइटेड परिबार धन्यबादको पात्र भएको बताए । क्लबका सचिब सुमन बोहराले क्लबको निम्ता मानेर आइदिनुभएका सबैलाई धन्यबाद ज्ञापन गर्दै क्लबको अबिरल यात्रा र सफलतामा यसका सबै खेलाडी पदाधिकारी र परिबारको सहयोग र सदभाव रहेको बताए । कार्यक्रममा प्रायोजककोतर्फवाट सिडनी सीटी कलेजकी निर्देशक रन्जु थापाले खेलक्षेत्रको महत्व र यसको प्रभावको बिषयमा स्पष्ट पारेकी थिइन । कार्यक्रममा एनआरएन आइसीसीका खेलकुद संयोजक राजु मानन्धर , नेपाल अस्ट्रेलियन युथ एशोसिएसनका अध्यक्ष प्रकाश खरेल ,एनआरएनका उपाध्यक्ष नन्द गुरुङ, अस्ट्रेलियन नेप्लीज फुटबल संघका अध्यक्ष बिजेन बटाजु ,ग्रानभिल समाजका अध्यक्ष रमेश थापा लगायतले क्लबको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।