कभर स्टोरी

वरिष्ठ कलाकार रिमालको ९२ वर्षको उमेरमा निधन

By Bala Adhikari

August 31, 2018

काठमाडौँ, भदौ १५ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधन भएको छ । उनको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको हो ।

रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको छ । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले बताएका छन् । १४ वर्षको उमेरमा नाट्याभियन शुरु गरेका रिमालले पहिलो पटक नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा अभिनय गरेका थिए ।

रेडियो नाटकदेखि नेपाली रङ्गमञ्च र चलचित्र क्षेत्रसम्म अविष्मरणीय योगदान पुर्याएका रिमालले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा थालेका थिए ।

उनी वि.सं ००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको ‘मेरो दिल टुक्रा टुक्रा… बोलको गीत गाएर प्रथम पटक गायन यात्रा शुरु गरेका थिए ।  उनले ‘बिना बादल असिना झ¥यो’, ‘फगत एक नजरमा’ जस्ता दर्जनौँ सदाबहार चर्चित गीतहरु गाएका छन् ।

सरल र स्वभाविक अभिनयद्वारा नेपाली चलचित्रको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत उनलाई वि.सं ०७१ मा सिजी कामना अवार्ड समारोहमा रु एक लाख राशिको कीर्तिमय दीर्घ सम्मान गरिएको थियो । उहाँका दुई छोरा, एक छोरी छन् ।