आर्थिक

शेयर बजार उकालो लाग्यो, हेर्नुहोस् कति अंकले बढ्यो

By Bala Adhikari

September 02, 2018

काठमाडौँ, भदौ १७ । आज शेयर बजार केही अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक ८.५९ बिन्दुले बढेर एक हजार १९० बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापक सूचक सेन्सेटिभ परिसूचक २.०१ बिन्दुले उकालो लागेर २५१.८० बिन्दुमा पुगेको छ । गत साता कारोवार रकम रु एक अर्बभन्दा कम रहेको थियो । आज कूल १६४ कम्पनीको नौ लाख ६० हजार ७१४ कित्ता शेयर रु ३० करोड २५ लाख ९७ हजार मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ ।

नेप्से र कारोवार रकम दुवै बढेपछि लगानीकर्तालाई केही खुशी बनाएको छ । आज तीन उपपमूहको शेयर भने ओरालो लागेको छ । उत्पादन ०.७५, अन्य १.९ र जीवन बीमा कम्पनी १.०८ बिन्दुले ओरालो लागेको छ ।

यस्तै बैंकिङ ११.४१, होटल ३२.११, विकास बैंक १३.५२, जलविद्युत् ५.१३, वित्त ०.९४, निर्जीवन बीमा २९.४३ र माइक्रोफाइनान्स १०.१४ बिन्दुले उकालो लागेको छ ।

एनआइसी एशिया बैंक, तिनाउ विकास बैंक र भार्गभ विकास बैंकका लगानीकर्ताले आज कमाएका छन् भने सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।