कभर स्टोरी

ट्राफिक जाम कम गर्ने गृहमन्त्रीको योजना

By Bala Adhikari

July 09, 2017

काठमाडौं, असार २५ । काठमाडौं उपत्यकामा देखिने बाटो छिचोलि नसक्नुको ट्राफिक जाम अन्त्य गर्ने प्रयत्न भइरहेको गृहमन्त्री जनार्दन शर्माले बताएका छन् । उनले जतिसक्दो चाडो योजना बनाइसक्ने र २/३ महिनाभित्र परिणाम ल्याउने घोषणा गरे ।

आइतबार ब्यवस्थापिका संसदमा बिनियोजन विधेयक ०७४ बारे गृह मन्त्रालयसँग सम्वन्धित विषयहरुमा जवाफ दिँदै मन्त्री शर्माले ट्राफिक जामको समस्या समाधानका लागि सरोकारवाला निकायहरुसँगको छलफलपछि काठमाडौं महानगरका कार्यकारीको संयोजकत्वमा एउटा कमिटी गठन गरेर ब्यवस्थित प्लान निर्माण गर्ने कार्य भइरहेको र १५ दिनभित्र प्लान तयार गरेर २/३ महिनाभित्र रिजल्ट आउनेगरी काम गर्नका लागि प्रक्रिया अगाडि बढेको बताए ।

संसदमा बाल्दै मन्त्री शर्माले उपत्यका बाहिरबाट आउने गाडीहरु शहरको भित्री भागसम्म पुग्ने कार्यलाई रोकेर चक्रपथ बाहिरै राख्ने व्यवस्था मिलाई जामबाट जनतालाई मुक्ति दिलाउने कार्यका लागि छलफल अगाडि बढेको जानकारी दिए ।