दृष्टिकोण

मोदी मात्र देखिए गोर्खालीका खास समर्थक

By Bala Adhikari

July 09, 2017

आफ्नो भाषा, संस्कार, संस्कृती र सभ्यताको सम्मान सबैले गर्छन् र गर्नु पनि पर्दछ । तर हाम्रो र हामी मात्रै संसारका उत्कृष्ठ हौं भन्ने भाव मन भित्र प्रकट हुनु भन्दा अगावै बाँकी विश्वलाई नियालेर मात्रै निर्णयको बिन्दु सम्म पुग्नु नै बुद्धिमानी ठहर्ला । दशकौं देखी चल्दै आएको गाोर्खाल्याण्ड आन्दोलनलाई प्रसंङ्ग बनाउँदा समेत मानसपटलमा यही दृष्य घुमि रहन्छ । गाोर्खाल्याण्ड पाउने र दिने यि दुबै प्रकृया भारतको नितान्त आन्तरीक मामलाका बिषयबस्तु हुन् । तर बाहिरबाट सुन्ने र देख्नेहरुले कल्पना गरेको अनुभव भने अलग हुन सक्दछ ।

नेपालीहरु जातिय र भाषिक हिसावले मात्रै कोही कसै प्रति साहानुभुती राख्दैनन् भन्ने बिषयमा विश्वभरी खटिएका सेना र सुरक्षामा आधारीत कामका लागी बिश्वास प्राप्त गर्न सकेको अबस्थालाई बिश्लेषण गरेरै आाँकलन गर्न सकिन्छ । त्यसैले गोर्खाल्याण्ड आन्दोलनलाई लिएर फैलिएको अफवाहलाई चिर्नकै लागी सम्माननिय भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले समभाव र सद्भावपूर्ण किसीमले गरेको संबोधनले ति आन्दोलनकारीलाई समेत पुलकीत तुल्याएकै हुनु पर्दछ । जसरी एउटा जिम्मेवार राजनेताले आफ्ना देशको जनताहरु प्रति प्रस्तुत हुनु पर्ने हो त्यसमा कुनै पनि कसर नराखी अगाडी बढ्ने सोच र ब्याबहारमा मोदी जी रहनु भएको सहज बिश्लेषण गर्न सकिन्छ । बेलायतीहरुबाट भारत स्वतन्त्र भएपछि जे जति प्रदेशहरु थिए त्यसमा संख्यात्मक आधारमा बृद्धि भएका धेरै उदाहरणहरु छन् । त्यति हुँदा पनि भारतीयहरुमा राष्ट्रियताको भावमा रत्तिभर कमजोरी हामीले देखेका छैनौं ।

हामीले भारतीय नम्बर प्लेटका यात्रुबाहक र मालबाहक गाडीहरुमा समेत “हमारा भारत महान है” भन्ने नारा लेखिएकै आधारमा त्यसको स्वस्फुर्तता पुष्टी गर्दछ । तिनै गोर्खाहरु पनि आफु भारतीय भएकोमा बढो गर्भ गर्दछन् । देवनागरी लिपीमा लेखिने र बालीने भाषाहरु भगिनी भाषा भएकै कारण यस्ता भाषा बाल्नेहरुमा साँस्कृतिक समता र एकता भएको पुष्टी गर्ने उदाहरणहरु धैरै छन् । त्यसैले होला हाम्रो तिर्थ , व्रत , दान , धर्म आदी संस्कार सम्पन्न गर्ने स्थानहरु समेत समान र ऐक्यबद्ध छन् । त्यसैकारण समेत अब हामीमा भाषागत् र साँस्कृतिक एकतामा शंका गरी रहनु नपर्ला । गोर्खालीहरुनै भारतीय सुरक्षाको मुख्य कडी भएको स्वीकार गर्न मोदीजी पछि पर्नू भएको छैन । उहाँले मुग्ध कण्ठले गाोर्खालीहरुको प्रसंसा गर्नु भएकै कारण उहाँ बढीनै संबेदनशिल तवरले सोची रहनु भएको महशुस गर्न सकिन्छ । समग्रमा भारतीय जनता पार्टीले पूर्ण राष्ट्रबादी र जनपक्षिय धारलाई आत्मसाथ गरेकै कारण भाजपा प्रति भारतीय जनताको बिश्वास बढेको छ । संघिय ढाँचाको शासन प्रणलीमा एउटा प्रदेशको मुख्यमन्त्री जति जिम्मेवार हुनु पर्ने हो त्यती पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी हुन नसकिरहेको अवस्थामा प्रधानमन्त्री मोदीजी स्वयं जिम्मेवार ढंङ्गले प्रस्तुत भईदिनु अर्को सकारात्मक पक्ष भएको महसुस भारतीय गोर्खाहरुले गरेका छन् ।

सम्पूर्ण दक्षिण एसिया कै भरोसाका केन्द्र, सबैले अनुसरण गर्न लाएक महान राजनेता । श्री नरेन्द्र दामोदर दास मोदी । जसले झण्डै सत्तरी बर्ष अगाडी आएको भारतिय स्वतन्त्रतालाई वास्तविक लोकतन्त्रमा बदल्न अहोरात्र आफु र आफ्ना टिमलाई जनसेवाका खातिर खटाई रहेका छन् । प्रधानमन्त्री सहभागी बिभिन्न सभा सम्मेलनहरुमा गाोर्खालीहरु प्रति देखाएको उपल्लो स्तरको सहानुभुति नै भारतीय गोर्खाहरुको उदाउँदो बिहानी बनोस् । हाम्रो अनन्य छिमेकी देश भारत संधै महान भारत बनी रहोस् । हामी दुई देश बिचको सम्बन्ध सदा अकण्टक रहि रहोस् । गुरुपूर्णिमा तथा आर.एस.एस. दिवसको हार्दिक मंगलमय शुभकामना । अस्तु !

राजेन्द्र प्रसाद पाठक अध्यक्ष ः आर्यावर्त (भारतवर्ष) यूवा समाज नेपाल