-मन्दिरा गिरी (वन)
हो म अपाङ्ग तर मागेर भोको पेट भरेको छैन मैले दिन दहाडै कसैको घर फोडेको छैन मैले देख्छन् सारा दुनियाले खोट मै माथि तर बोझ भने कसैको लागि बनेको छैन मैले नजर दुनियाको अपाङ्ग हो की खोट सायद मै माथि छ ।।१।।
हो म अनियन्त्रित व्यक्ति तर नियन्त्रित म आफै हुन्छु कमी कोसँग हूँदैन र ?(२) तीतो अतित कस्को पो हून्न र ? तर कमीलाई अंगाल्ने अनि, अतितको सामना गर्ने हिम्मत छ मसँग के तिमी सक्छौ ? अरुलाई व्यङ्ग्य हान्नेले सक्छौ ऐनाको सामना गर्न ? नियाल्ने कोशिश गर आफैलाई पूर्ण कोई हुँदैन ।।२।।
हो म अबुझ व्यक्ति बुझ्न सक्दिन कसैको हृदय भगवान नसम्झ मलाई सामान्य कोखको संतान हुँ म महाभारतमा अर्जुनको लागि श्री कृष्णजी सारथी भएझैँ चाहान्छु साथ पाउँ त्यस्तै सारथीको सक्दैनौ त के भयो र ? तर कसैको बाटोमा तगारो चाहीँ नबन ।।३।।