हेटौँडा, असार २६ । गएराति पहिरो गई रुख ढल्दा बन्द रहेको हेटौँडा–काठमाडौँको यातायात सेवा पुन सञ्चानमा ल्याइएको छ । त्रिभुवन राजपथको सिमभञ्याङ नजिक अघोरमा गएको पहिरोमा रुख ढल्दा बाटोमा सवारी चल्न अवरोध भएको थियो ।
मकवानपुर काठमाडौँबाट पूर्व–पश्चिमतर्फ जाने यायायातका साधन गएराति अघोरमै करिब पाँचघन्टा सम्म जाममा परेपछि आज बिहानैदेखि डोजर लगाएर उक्त बाटो खुल्ला गरिएको हो । बाटो खुल्ला गरिएपछि सबै सवारी साधन हेटौँडा बसपार्कबाट आ–आफ्नो गन्तव्यतर्फ गइरहेको र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक बसन्त लामाले जनाए ।