नेपालगञ्ज, भदौ २४ । पार्टी सङ्गठनलाई चलायमान बनाउनका लागि व्यवस्थापन पक्षमा सुधार गरिने नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले बताएका छन् ।
अब पुरानो ढाँचाबाट होइन, आधुनिक र वैज्ञानिक पद्दतिबाट पार्टी सञ्चालन हुनेछ, जनता अहिले पनि काँग्रेसको साथमा छ, त्यो कुरा निर्वाचनमा पाएको मतले पुष्टि गरेको छ उनले भने– पुरानै पद्दतिबाटै चुनाव जितिन्छ भन्ने सोच नै प्राविधिक रुपमा हारको कारण बन्यो ।
आफूले गरेका र गर्न लागेका काम राम्रोसँग जनतालाई बुझाउन सकिएन, त्यहीनिर आफुहरु चुकेको उनको भनाइ छ । उनले अहिलेको सरकारले लोकतान्त्रिक चरित्र प्रस्तुत गर्न नसकेको बताएका छन् । सरकार सञ्चालनकर्तामा दम्भ हाबी हुँदै गएको उनको आरोप छ ।