कभर स्टोरी

प्रधानन्यायाधीशमा मिश्रको नाम अनुमोदन

By Bala Adhikari

September 10, 2018

काठमाडौँ, भदौ २५ । प्रधानन्यायाधीशमा संसदीय सुनवाइ विशेष समितिले ओमप्रकाश मिश्रको नाम अनुमोदन गरेको छ ।

आज बसेको सो समितिको बैठकले प्रधानन्यायाधीशमा प्रस्तावित मिश्रका अभिव्यक्ति र उनीविरुद्ध परेका उजुरीको सुनवाइपछि सर्वसम्मतिले नाम अनुमोदन गरेको समितिका संयोजक लक्ष्मणलाल कर्णले बताएका छन् ।

समितिमा मिश्र विरुद्ध चार उजुरी परेकामा एकजनाले आफ्नो उजुरी फिर्ता लिएका थिए भने बाँकी तीन उजुरीका सम्बन्धमा छलफल भएको थियो ।