कभर स्टोरी

मुलुकमा बढ्दो दण्डहीनता रोकिनुपर्ने : डा कोइराला

By Bala Adhikari

September 10, 2018

हिजो दिउँसो रोल्पा जिल्ला स्थित सुलिचौर बजारमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता देव घर्ती लगायत हतियारधारी समुहले नेपाल तरुण दल रोल्पा नगर समितिका सभापति रोहित पुनको निर्मम तरिकाले गोली हानी हत्या गरेकोप्रति नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफु स्तब्ध र मर्माहत भएको बताएका छन् ।

राजनीतिक प्रतिसोधका आधारमा गरिने कुनै पनि आक्रमण र हत्या कांग्रेसका निम्ति सह्य नहुने आफ्नो फेसबुक स्टाटसमार्फत सार्वजनिक गरेका छन् । दोषीलाई कडा भन्दा कडा कानूनी कारबाही हुनुपर्नेमा उनले जोड दिएका छन् ।

मुलुकमा बढ्दो दण्डहीनता रोकिनुपर्ने र राजनीतिको आडमा दोषीले उन्मुक्ति पाउनु नहुने कोइरालाको ठहर छ । पछिल्लो समय ओली सरकारले बहुमतको आडमा निर्दोषलाई दोषी र दोषी अपराधिलाई उन्मुक्ति दिने गरेको छ ।

यसले आम सर्वसाधारण जनतामा निरासा पैदा हुनुका साथै भय उत्पन्न भएको महशुस सहज रुपमा गर्न सकिन्छ ।