कभर स्टोरी

खाद्य सम्प्रभुताको अधिकारमाथिको छलफल जारी

By Bala Adhikari

September 11, 2018

काठमाडौँ, भदौ २६ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा मंगलबार पनि ‘खाद्य तथा खाद्य सम्प्रभुताको अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथिको दफादार छलफल जारी नै छ ।

समितिमा पेश भएको सो विधेयकमा ८ परिच्छेद र ४६ धारा रहेका छन् । संघीय संसद् प्रतिनिधिसभाले विधेयकमाथि आवश्यक संशोधन र दफाबार छलफलका लागि गत साता समितिमा पठाएको थियो ।

समितिका सभापति सत्यनारायण शर्मा खनालको अध्यक्षतामा बसेको सो बैठकमा सांसदहरू दलबहादुर राना, पूर्णकुमारी सुवेदी, छविलाल विश्वकर्मा, कृष्णप्रसाद दाहाल, चन्द्रकान्त चौधरी, भूमिप्रसाद त्रिपाठी शान्ता चौधरीलगायतले छलफलमा भाग लिएका थिए ।

उक्त छलफलमा कृषि तथा पशुपक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरी र सचिव डा युवकध्वज जिशीले पनि सहभागीता जनाएका थिए । छलफल सोमबारदेखि जारी रहेको छ ।

विधेयकमाथि किसानको परिभाषा, बाँझो जमीनको उपयोगिता, कृषियोग्य भूमि, खाद्य सम्प्रभुता, खाद्य सुरक्षा, परम्परागत तथा रैथाने खाद्यको संरक्षणलगायतका बिषयमा छलफल जारी छ ।