समाचार

संघीयता सफल बन्न प्रदेश बलियो हुनुपर्नेमा जोड

By Bala Adhikari

September 14, 2018

पोखरा, भदौ २९ । संघीयता सफल बन्नका लागि प्रदेश बलियो हुनुपर्ने गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले बताएका छन् ।

बिहीबार आयोजित कास्की जिल्ला अदालत बार एशोसिएसनको नव निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रममा बोल्दै उनले नेपालमा २५० वर्षदेखिको एकात्मक राज्य प्रणाली अन्त्य भई संघीय राज्य व्यवस्था लागु भएकाले त्यसलाई सफल बनाउन प्रदेश बलियो हुनुपर्र्नेमा जोड दिए ।

मुख्यमन्त्री गुरुङले संघीयताको मर्म अनुरुप संघ, प्रदेश र स्थानीय तहबीच समुचित अधिकारको बाँडफाँड आवश्यक भएको उल्लेख गर्दै प्रदेशका मुख्यमन्त्रीको भेला संघीयतालाई बलियो बनाउनका लागि भएको बताए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले कास्की जिल्ला बार अदालतका नवनिर्वाचित अध्यक्ष मुक्तिनाथ सापकोटासहित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र प्रदान गरे ।