कभर स्टोरी

नेविसंघ जापान शाखाद्वारा ३७ जनाको कार्यसमिति गठन

By Bala Adhikari

September 16, 2018

जापान, भदौ ३१ । ४ शाखा अध्यक्ष साहित नेपाल विद्यार्थी संघ जापान शाखाले ३७ जनाको कार्यसमिति गठन गरेको छ । जापान शाखाको आज जापान शाखा अध्यक्ष दिपक अधिकारीले विस्तार गरेका छन् ।

शाखा विस्तार र नेविसंघ विभाग रहेर काम गर्नको लागि दीपक अधिकारीलाई नेविसंघ अध्यक्ष नैनसिंह महरले जापान शाखा अध्यक्षको जिम्मेवारी सुम्पेका थिए । जापानामा पछिल्लो सयम नेपाली विद्यार्थीको संख्या वृद्धि हुँदै गएको अवस्थामा विद्यार्थी रहेका विभिन्न शहरबाट प्रतिनिधित्व गर्ने गरी शाखा विस्तार गरेको अध्यक्ष अधिकारीले बताएका छन् ।

१२ जना पदाधिकारी, चार शाखा अध्यक्ष र २१ जना सदस्य सहित ३७ जनाको कार्यसमित अध्यक्ष अधिकारीले गठन गरेका हुन् । उक्त समितिमा अध्यक्ष बाहेक १२ पदाधिकारीमा ५ उपाध्यक्ष, एक महामन्त्री, ५ सहमहामन्त्री र एक कोषाध्यक्ष रहेका छन् । त्यस्तै चार वटा शहरलाई केन्द्रित गरी शाखा अध्यक्षको जिम्मेवारी दिइएको छ ।

जसमा टोक्यो शाखाबाट प्रविण यादब, फुकुआको शाखाबाट निराजन कार्की, नगोया शाखाबाट संजिव महतरा क्षेत्री र अकिनोवा शाखा बाट रमेश अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिइएको छ ।

अध्यक्ष अधिकारीले नेपाल विद्यार्थी संघको विधान बसेर जापानामा रहेका नेपाली विद्यार्थीको हक हित र सांगठनिक विस्तारको काममा आफू सक्रिय हुने बताएका छन् ।

नेपाल विद्यार्थी संघले आगामी कात्तिकमा हुने महाधिवेसनलाई केन्द्रित गरेर संघका शाखाहरूमा अधिवेसन गर्न थालिसकेको छ ।