विदेश

जनसम्पर्क समिति क्यानडाले बि पि जयन्ति मनायो ।

By Bala Adhikari

September 17, 2018

लोकसत्ता सम्वाददाता, क्यानडा ।

नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनितिक नेत्रित्व प्रदान गरेका नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली हिन्दी भाषाका साहित्यकार जननेता विश्वेशर प्रसाद कोइरालाको १०५ औं जन्म जयन्तीको अवसरमा आज क्यानडाको ब्राम्पटन सहरमा नेपाली जनसम्पर्क समिति, क्यानडा एनपिसिसि र एनपिआरसी लगायत संयूक्त कार्यदलले एक कार्यक्रमको आयोजना गर्यो ।

सन् १९३२ देखि राजनीतिक जीवनको शुरूवात गरेका कृष्णप्रशाद कोइरालाका सुपुत्र बि पि ले बनारस हिन्दु विश्वविध्यालय बाट राजनीति तथा अर्थशास्त्र बिषयमा स्नातक तथा कलकत्ता विश्वविध्यालयबाट कानुनमा स्नातकोत्तर शिक्षा पूरा गरेका थिए ।

इ सं १९४२ देखि १९४४ सम्म दोश्रो विश्वयुद्दको समयमा उनलार्इ बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्यो । त्यहाँबाट छुटेपछि उनले इ सं १९४७ मा नेपाली राष्ट्यि कांग्रेसको स्थापना गरे जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।

कार्यक्रममा बक्ताहरूले बिपिको बारेमा आफुले जानेका र बझेका बिषयमा चर्चा गरेका थिए ।

समाजसेवी केदार बस्नेतले सोलु बाट काठमाडौं आउदा बिपि संगको भेटको स्मरण गर्दै र बि सं २०३८ सालमा उहांको देहावसान हुदां उहांको सव यात्रामा खाली खुट्टाले सहभागि भएको जनाउदै उहां राष्ट्रबादि नेता भएको उल्लेख गरे ।

त्यसैगरि अर्का समाजसेवी प्रकाश ज्ञवालीले बि सं २०४२ सालमा आफु पाल्पा जेलमा छदां संगै जेलमा रहेका कम्युनिष्ट नेता राधाकृष्ण मैनालीले हाम्रो देशमा नेपाली नेता भनेका बि पि मात्र हुन् भनेर ब्याख्या गरेको कुरा स्मरण गर्दै आफ्ना धारणा प्रस्तुत गरे ।

नेपाली जनसम्पर्क समिति एनपिआरसी प्रवक्ता लिलाधर न्यौपानेले ७० बर्ष अघिको विपिको समाजवादी विचार नेपालका लागि समय सापेक्ष रहेको उल्लेख गर्दै विपिले राष्ट्रियताको लागि राजासंग कार्यगत एकता गरेको तर प्रजातन्त्रको लागि भने विद्रोह गरेको पार्इन्छ भन्ने विचार राखेका थिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति, क्यानडा एनपिसिका तर्फबाट महामन्त्री दिपक मोहन भट्टरार्इले सन्देस मार्फत र एनआरसीको तर्फबाट सभापति तुल्सी पौडेलले पनि सन्देस मार्फत जननेताको बारेमा उल्लेख गर्दै कार्यक्रमको सफलताको शुभकामना दिएका छन् ।

कार्यक्रम नेपाली जनसम्पर्क समिति, क्यानडा संयूक्त कार्यदलका संयोजक रामबाबु थापाको सभापतित्वमा सम्पन्न भएको थियो ।

हाल नेपाली जनसम्पर्क समिति, क्यानडामा देखिएको बिबादका कारण केहि अल्पमतका बोर्डअफ डार्इरेक्टरहरूले अधिबेशन गरेको भनि गैरकानुनी कृयाकलाप प्रति दुवै नेपाली जनसम्पर्क समिति, क्यानडाले आपत्ति समेत जनाएको छ ।

स्मरणिय के छ भने, यहि अक्टोवर महिना भित्र नेपाली जनसम्पर्क समिति, क्यानडाको अधिवेशन सम्पन्न गर्न संयूक्त कार्यदल गठन भै कार्य भैरहेको समेत जनाएको छ ।