आर्थिक

सेयर बजारमा आज सामान्य अंकले गिरावट

By Bala Adhikari

September 17, 2018

काठमाडौँ, असोज १ । केही समयदेखि निरन्तर उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर आज सामान्य अङ्कले ओरालो लागेको छ ।

शेयर कारोवार मापक नेप्से परिसूचक ०.३१ अङ्कले ओरालो लागेर एक हजार २५६.४० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ बिन्दुले ओरालो लागेर २६६.४४ बिन्दुमा कायम भएको छ ।

कूल १६७ कम्पनीको २४ लाख २५ हजार ३०३ कित्ता शेयर रु ६८ करोड ७६ लाख ८८ हजार ६५३ मा खरिद बिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकम भने बढेको छ । ६ उपसमूहको शेयर ओरालो लागेको स्टकले जनाएको छ ।

बैंकिङ ७.०२, होटल १८.८४, विकास बैंक ५.१५, जलविद्युत् १०.२८, फाइनान्स २.४४ र अन्य समूह २.४८ बिन्दुले ओरालो लाग्दा व्यापार ३.१७, निर्जीवन बीमा २०३.४६, उत्पादन २४.५१, माइक्रोफाइनान्स ५.६३ तथा जीवन बीमा ११९.७३ बिन्दुले उकालो लागेको छ ।