कविता
अनुदान अब नेपाललाई होईन । सिधै नेतालाई देऊ । प्राकृतिक खजाना के लिनु छ । सोझै नेताबाटै लेऊ । ती सब सन्धि सम्झौता किन चाहियो । लेन देन न त हो । आँखिर जनताले के पाउने हुन र ? कागजको मिसिल । तपसिलमा देश पनि तिम्रै त हो । जनतालाई ऋण । बाजेले कालोमसीमा नपर्न खोजे । ऋण काढेनन् । आज छोरा नातिलाई नखाएको । ऋण थाप्लोमा । स्विस बैंक भरिई सकेको छ । राख्ने ठाउँ छैन । यता देश र जनता खोक्रो भैसके । ढल्न मात्र बाँकी । उता नेता ढुकुटीको ब्याज तिर्दैछ । यता बिरासत फिर्दैछ । जनता भोट हाल्दैछन् चुनावमा । नेता धनसारको तनावमा । ति त हज्जारौं बर्ष बाँच्दछन् होला । र त अरवौं थुपारे । तर कालको ढोका खुल्लै छ । ताला तिनको हातमा छैन । भए त बन्द गरेर राख्थे होला । आयो टप्प टिप्यो लग्यो मिति पुग्यो । टारेर टर्दैन त्यो । ज्युँदो हुँदा जय जयकार लगाए । मृत्युु पर्यन्त धारे हात । वाहा ! नेता जी धेरै कमाएका रहेछौ । त्यसैले धारे हात पायौ । तिम्रा सन्तान श्रीमती मित्र थिएनन् । सबै पुर्वजन्मका साहु । ऋण उठाउनु थियो छद्म भेषमा आए । यो जन्ममा उठाए । पाप बोक्यो तिमीले प्रायस्चित गर्दै गर । मोज गर्छन पुर्वजन्मका साहुले । जय होस् नेताजी ! अब खाली चेकमा साईन गर । अनि मात्रै मर ।