कविता
ए राष्ट्रबादी ! खोई चौध वटा सिङ्गापुर बराबरको देश ? हामीलाई चौध गुमाएर । एउटा सिङ्गापुर चाहिँदैन । न त हामीलाई स्वीजरल्याण्ड । हामीलाई पुर्खाले आर्जेको । सग्लो देश चाहियो । कालो धन थुपार्ने । स्विजरल्याण्डमा हाम्रा पितृ रमाउँदैनन् । त्यो म्लेच्छेको देश चाहिँदैन । मंङ्गोलको देश पनि नदेखाउ । हामीलाई हाम्रै भुमि देखाउ । तिम्रा विकासे भाषण । विनासे मनोवृत्ती बन्द गर । हामीलाई जानकी ,बुद्ध भृकुटी दिनु छैन । अरुको जिसस आँखा लाईंदैन । हामी हाम्रो मेची काली गुमाउँदैनौं । सट्टामा धन र पद कमाउँदैनौं । खबरदार ! खबरदार ! खबरदार ! जनता जवाफ चाहन्छन् । किनुवा रवाफ चाहँदैनन् ।