Uncategorized

नेपाल महोत्सव भब्य र सभ्य हुने

By Bala Adhikari

October 01, 2018

अस्ट्रेलियनअध्यागमन मन्त्री डेविड कोलम्यानको सहभागिता

गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले हरेक दुइ बर्षमा एक पटक आयोजना गर्ने नेपाल महोत्सव यस पटक नोभेम्बर २४ मा भब्य र सभ्य रुपमा सम्पन्न आयोजकले जनाएको छ । सोमबार स्थानिय इन्द्रेणी फङ्सन सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै एनआरएनका उपाध्यक्ष तथा सीडनी महोत्सव तयारी समितीका संयोजक नन्द गुरुङले महोत्सवलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न कुनै कसर बाकी नराख्ने बताए । उनले यस पटक महोत्सव अगावै मुलुक चिनाउने अभियानमा सिडनी शहरका सडकमा नेपाली झन्डा फहराउने ब्यवस्था समेत गरिएको बताए । यस पटक महोत्सवको कुल खर्च एक करोड २९ लाख रहेको र आम्दानी भने एक करोड ४३ लाख रहने बताउदै संयोजक नन्द गुरुङले यसका लागि सबै खाले तयारी पुरा भैसकेको बताए । उनले महोत्सवमा प्रमुख अतिथीका रुपमा अस्ट्रेलियन सरकारका अध्यागमन मन्त्री डेविड कोलम्यानको सहभागिगता रहने पक्का भैसकेको बताए । यसै गरी सांसद जुल फीन र लेबरका नेता लुक फोयले पनि सहभागिता पक्का गरिसकेको गुरुङले बताए । कार्यक्रममा एनआरएन आइसीसीका अध्यक्ष भवन भट्ट, लेबरका नेता बिल सर्टन सांसद मिचेल रोलान्डलाई निमन्त्रण गरिएको बताउदै संयोजक गुरुङले भने यस पटक मुलुक चिनाउने महोत्सव साच्चीक्कै सोचेजस्तो हुनेछ । उनले कार्यक्रममा अस्ट्रेलियन डान्स समुहको सहभािगता हुने नेपालवाट राजेश पायल राई,बिश्व नेपाली,तृष्णा गुरुङ ,पुशपती शर्मा, आचँंल शर्माको सहभागिता रहने पक्का भैसकेको बताए । पत्रकारहरुको प्रश्नको जवाफ दिदै गुरुङले कलाकार छनोट देखि अन्य बिषयमा सम्वन्धित समितीले राय सल्लाहमा काम गरेको बताउदै यस्ता बिषयमा सबैको फरक फरक राय हुनाले एकरुपता हुन निकै कठिन हुने बताए । कार्यक्रममा बोल्दै एनआरएनका सचिब देब गुरुङले नेपाल महोत्सव मुलुकको पर्वधन गर्ने महोत्सव भएको हुँंदा सबैले यसमा सहभािगता जनाएर अगाडि बढ्नु पर्ने बेला आएको बताए । उनले महोत्सव एनआरएनको कार्यक्रम भएपनि समुदायको सामुहिक सहभागिता महत्वपुर्ण रहने बताए । कार्यक्रममा एनआरएनका प्रबक्ता डिला खरेलले प्रायोजक खोज्ने कार्य भैरहेको र अझसम्मको अवस्थामा महोत्सवलाई सफल बनाउन सबैको समान दायीत्व भएकोले सबैवाट सहयोगको अपेक्षा गरेको बताए । उनले महोत्सवमा मुलुकको कला,संस्कृती र खाना लगायतको प्रर्वधनका लागि ब्यवस्थापन गरिएको र बिशेषगरी यस पटक बिदेशी दर्शकको सहभागितामा जोड दिइएको बताए । खरेलले महोत्सववाट एनआरएनले करिब १५ हजार डलर बचत गर्ने योजना समेत बनाएको सुनाए । कार्यक्रममा एनआरएनका पुर्व अध्यक्ष गोवा कटुवालले नेपाल महोत्सवले भब्य रुपमा लिदै गर्दा यसको महत्वका बिषयमा ध्यान दिनुपर्ने बताउदै अहिलेको टिमले निकै मिहिनेतका साथ यसलाई अगाडि बढाएको बताए । नेपाली समाजका अगुवा नारायण प्रधानले कुनै बेला नेपाल भन्यो भने इटालीको नेपल्स हो भन्ने सिडनीमा अहिले नेपाल सबैको परिचित देश बनेको स्मरण गर्दै भने फैलीदो गएको नेपाली समाज र नेपाल महोत्सवले मुलुकलाई अस्ट्रेलियामा चिनाउने काम गरेको छ । कार्यक्रममा एनआरएन अस्ट्रेलियाका पुर्व उपाध्यक्ष दिनेश पोखरेलले महोत्सवलाई यहाँं रहेका सबै नेपाली संघ संगठनहरुको कार्यक्रमका रुपमा अगाडि बढाइए यसले भब्य रुप ग्रहण गर्ने हुनाले सबैलाई समेटेर अगाडि बढन आग्रह गरे । पत्रकार सम्मेलनमा प्रयोजक मल्टी डाइनामीकका निर्देशक मेघराज पौडेलले नेपाली समाजवाट केहि पाउदै गर्दा समाजलाई पनि केहि दिनुपर्छ भन्ने भावनाको कदर गर्दै एनआरएनसँंग महोत्सवको मुख्य प्रायोजकका रुपमा आफुहरुले हातेमालो गरेको बताए । हामीले केहि पाएका छौ भने लगानी पनि गर्न सक्नुपर्छ र आयोजकले प्रायोजकको प्रर्वधन गर्न सके दुबैको हित हुने पौडेलले बताए । कार्यक्रममा नेपालको चिनारी दिने नेपाल हाउसको बारेमा यसकी संयोजक सुधिरा शाहले देशसँंगै हाम्रो पहिचानका बिषयमा बिशेष प्रस्तुती रहने बताइन । कार्यक्रममा एनएसब्लुका पर्यटनदुत बद्री अर्यालले मुलुकको पहिचानसँंग जोडिएको यस महोत्सवमा आफ्नो छबि बिग्रने काम नगर्न आग्रह गरे । कार्यक्रममा एनआरएनका सदस्य सुरेस रेग्मीले स्वागत र एनएसडब्लुका उप संयोजक अर्जुन केसीले सहभागि तथा सहयोगीहरुलाई धन्यबाद ज्ञापन गरेका थिए ।