खेलकुद

नेप्लीज क्यानेडियन क्रिकेट क्लब क्यानडाको बार्बिक्यु कार्यक्रम सम्पन्न

By Bala Adhikari

October 02, 2018

राजु थापा, मिसिसागा ।

नेप्लीज क्यानेडियन क्रिकेट क्लब क्यानडाले सेप्टेम्बर ३० तारिख आईतवार जिटिएको मिसीसागा सहरमा एक बार्बिक्यु कार्यक्रमको आयोजना गर्यो ।

नेपालमा क्रिकेट खेलको तिब्र बिकास संगै क्यानडामा रहेका नेपाली क्रिकेट खेलाडीहरूको पहलमा गत बर्ष स्थापना गरिएको यस क्लवले नियमित तालिम लगायत जिटिएको स्थानिय क्रिकेट प्रतियोगिताहरूमा भाग लिदै आर्इरहेको छ ।

बार्बिक्यु कार्यक्रममा क्लवको कृयाकलापहरूमा बिभिन्न क्षेत्रबाट साथ र सहयोग गर्ने ब्यक्तिहरू तथा संघ संथाहरूलार्इ सम्मान गरिएको थियो । कार्यक्रममा अधिबक्ता अतुल सुवेदिकि आमा ८३ बर्षिय बिनु माया शाहिलार्इ समेत सम्मान गरिएको थियो । बिनु माया शाहिले हिन्दि  गित रचना गरि युटुव मार्फत आफ्नो कला प्रश्तुत गरिरहेकि छिन् ।

कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले समूदायको बिकाशका लागि गरिने हरेक कृयाकलापमा एनआरएन क्यानडाको सधै साथ र सहयोग हुने बताउदै खेलकुद नै समूदाय र देशको नाम चिनाउने शसक्त माध्यम रहेकोले अहिले क्रिकेटमा नेपालीहरूले गरेको प्रगतिमा क्यानडामा स्थापना गरिएको नेप्लीज क्यानिडयन क्रिकेट कल्वले पनि भविष्यमा उल्लेख्य प्रगति गर्ने आशा ब्यक्त गरेका छन् ।

कार्यक्रममा मिसिसागा माल्टनका सांसद दिपक आनन्दले नेपाली समूदायका हरेक कृयाकलापमा  आफ्नो साथ र सहयोग रहिरहने र आफुलार्इ नेपाली समूदायको कुनै पनि कार्यक्रममा बोलाउन नछुटाउन समेत अनुरोध गरेका छन् ।

कार्यक्रमको अन्तमा क्लबका अध्यक्ष इमरान खानले उपस्थित सबैलार्इ धन्यवाद दिदै आउदा दिनहरूमा क्रिकेट क्लवले गर्ने हरेक गतिबिधिमा सहयोग निरन्तरता राख्न सबैमा अनुरोध गरेका छन् । कार्यक्रम एनआरएनए क्यानडाका युवा संयोजक क्रिज्जल केसीले संचालन गरेका थिए ।