लोकसत्ता सम्बाददाता, टोरोन्टो ।
टोरोन्टो, क्यानेडियन नेवाः गुथि ले टोरोन्टो बिस्वबिद्द्यालयको कुलिनारिया रिसर्च सेन्टर तथा रोबर्ट हो फामिली फाउन्डेसन संगको सहकार्यमा हालै “सम्येबजी””सम्येबजी” को परिचय, पाक बिधि प्रदर्शन तथा भोज कार्यक्रम सम्पन्न गरेको छ । गुठीले गत अगष्ट २५ मा ब्राम्पटन शहरमा समेत बृहत समये बजि कार्यक्रम सम्पन्न गरेकाे थियाे ।
धिमे बाजा बाट सुरु गरिएको सो कार्यक्रममा बोल्नु हुन्दै सो बिस्वबिद्यालयका ईतिहास बिभागका डा. सराह रिचार्डसनले रोबर्ट हो फामिली फाउन्डेसन ले गरि आएका कार्यक्रम बारे प्रकाश पार्नुका साथै गुथि संग संयुक्त रुपमा कार्य गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भयो ।
अर्का अतिथि सोहि बिस्वबिद्यालयका ईतिहास तथा संस्कॄति बिभागका प्रो. डा. जयीता शर्माले कुलिनारिया रिसर्च सेन्टर ले बिभिन्न समुदायका मौलिक तथा सर्बउपयोगि खाना तथा पाक बिधि लाई प्रकाशमा ल्याउने कार्य गरि रहेको बताउनु भयो ।साथै उहाँले गुथिले आफ्नो संस्कॄतिलाई जगेर्ना गर्न युबा बर्गलाई संलग्न गरि राखेकोमा खुसी ब्यक्त गर्नु भयो । नेवाः बौद्द धर्ममा सोहि बिस्वबिद्यालयमा बिद्याबारिधि (पिएच.डी) गरि रहनु भएका ईयन टर्नरले आफ्नो अनुसन्धान, नेपाल यात्रा तथा नेवाः खाना बिषयमा प्रकाश पार्नु भयो भने अर्का बक्ता कुलिनारिया रिसर्च सेन्टर का डा. बीयट्रिक्सले केन्द्रले प्रशिक्षणको साथै उपलब्ध खाली ठाऊँमा किचन गार्डेनिङ पनि गरि रहेको बताउनु भयो ।
त्यसपछी नेवाः पर्ब र त्यस सम्बन्धि बिशेष खाना बारे मौसमि ताम्राकार तथा श्रीजा श्रेस्थले र येँ या पुन्हि (ईन्द्र जात्रा)को ऐतिहासिक मह्त्व र “सम्येबजी”को पौस्टिकता,सन्तुलित खाना तथा बाताबरण मैत्री बारे गुथिका युबा सदश्य आयुस्ना श्रेस्थ तथा गुथिका उपाध्यक्ष उत्तम माकजूले पावर प्वाईन्ट बाट प्रस्तुति गरेका थिए ।
कार्यक्रमको अर्को पक्ष, “सम्येबजी”को बिभिन्न परिकार मध्य छोयला, चटामरी, वः(बारा), आलु साँधेको को पाक बिधि रिद्दि प्रधान, यसोदा श्रेस्थ, सुमित्रा श्रेस्थ, श्रीज श्रेस्थ, अनु श्रेस्थ, आयुस्ना श्रेस्थ,सुमन राजकर्णीकार तथा एलभिशा श्रेस्थ ले प्रतक्ष प्रदर्शन गरि देखाएका थिए । त्यस्तै गुथिका कोषाध्यक्ष नरेश ताम्राकार तथा मौसमि ताम्राकारले सरल रुपमा कलात्मक लाखा मर्हि बनाई देखाएका थिए । कार्यक्रममा सो कार्यक्रममा सहयोग गर्ने टोरोन्टो बिस्वबिद्द्यालयका स्वयंसेबकहरुको तर्फ बाट भिक्टोरिया सिंहले आफ्नो समुहले गरिरहेको कार्यक्रम बारे प्रकाश पार्नु भयो ।
तत्पस्चात उपस्थित पाहुनाहरुलाई नेवा बिधि अनुसार लपेशमा राखेर “सम्येबजी” खुवाएका थिए भने त्यस्को साथै पौँ (अमिलो), थ्वँ (जाडँ), अन्टी (रक्सीराख्ने नेवाः परम्परागत भाँडो)मा राखेर रक्सी उपलब्ध गराउँदा पाहुना हरु प्रशन्न देखिएका थिए । भोज पस्चात एकजना पाहुनाले नेवाः खाना धेरै नै सन्तुलित,स्वास्थ्यबर्धक, पौस्टीक तथा बैज्ञानिकतामा आधारित रहेको प्रतिक्रिया दिएका थिए ।भोज पछी पानुनाहरुको मनोरन्जनार्थ गुथि सदश्यहरुले “सम्येबजी”संग सामयिक “लाः छकु वएका सम्येबजी”गीत मादल , तीन्छु, चाँप, कँय प्वीको तालमा प्रस्तुत गर्दा धेरै रमाएका थिए ।
कार्यक्रममा गुथिका अध्यक्ष प्रकाश प्रधानले स्वागत मन्तब्य, महासचिब बिमल श्रेस्थले गुथिको परिचय तथा कॄयाकलाप एबम कार्यक्रम संयोजक रिकेश श्रेस्थले धन्यबाद ब्यक्त गरेका थिए भने अन्त्यमा गुथिका बरिस्ठ महिला सदश्य अस्ट कुमारि ताम्राकारले सबै पाहुनाहरुलाई लाखा मर्हि बितरण गरि बिदाई गर्दा पाहुनाहरुले नेवाः सस्कृति पाहुना सत्कारमा पनि धेरै उच्च भाबना रहेको प्रतिक्रिया जनाएका थिए ।
बिदेशमा रहेका नेवाः सन्स्था हरुले स्थानिय बिस्वबिद्यालय संग हातेमालो गरि बिस्वबिद्यालय कै प्रांगणमा “सम्येबजी” को महत्व बारे प्रस्तुति , पाक बिधि प्रदर्शन तथा रसस्वादन गराउने संभबत यो नै पहिलो कार्यक्रम होला भनि सबैले यो कार्यक्रम्को प्रशंशा गरे । गुथिले आफ्नो संस्कॄतिलाई जगेर्ना गर्न आउन्दा सन्ततिलाई संलग्न गराउनु को साथै स्थानिय ब्यक्तिहरुलाई पनि जानकारी गराउन सके अझ बढि प्रचार हुने उद्देश्य राखि स्थानिय संघ सन्स्था संग सहकार्य गर्दै आएको छ र गुथि संग मिलि अरु पनि कार्यक्रम गर्न टोरोन्टो बिस्वबिद्द्यालयको कुलिनारिया रिसर्च सेन्टर तथा रोबर्ट हो फामिली फाउन्डेसन उत्सुक रहेको सो संस्थाका प्रतिनिधिहरुले बताए ।