मनोरञ्जन

सीडनीमा अर्को शुक्रबार “इन्टुमिन्टु लन्डनमा “

By Bala Adhikari

October 03, 2018

एजुकेशन एन्ड माइग्रेशन सेन्टर सिडनीको आयोजना तथा हार्बर कलेजको मुख्य प्रायोजनमा यही आउँंदो अक्टोबर १२ तारिख सिडनीमा इन्टु मिन्टु लन्डनमा नामक सिनेमा देखाइने भएको छ । सिडनीका बरउडस्थीत इभेन्ट सिनेमामा चलचित्रकी नायीका साम्राज्ञी सहित चलचित्रको प्रर्दशन गर्न लागिएको एजुकेशन एन्ड माइग्रेशन सेन्टरका निर्देशक सुनिल उप्रेतीले बताए । आइकोर फिल्मसको ब्यानरमा प्रज्ज्वल शमशेर जबरा र प्रभु शमशेर जबराद्वारा निर्दे्शित फिल्ममा धिरज मगर, सारुक ताम्राकार, साम्राज्ञी राज्यलक्ष्मी शाह, रुबी राणा, अर्जुन श्रेष्ठ, विजय लामा, विवेक लिम्बु, सुनिता ठाकुर श्रेष्ठ, सुनिशा बजगाईं, मेनिशा गुरुङलगायतले अभिनय गरेका छन्। वसन्त सापकोटा, संजिल कर्माचार्य, हर्कुलस बस्नेत र स्वप्न सुमनसमेतको संगीतकार रहेको फिल्म शैलेन्द्रध्वज कार्कीले छायांकन गरेका छन् भने कृष्ण भण्डारीको सम्पादन रहेको छ। निर्देशक रेनेशा वान्तवा राई रहेका छन । काठमाडौमा निकै राम्रो ब्यापार गरेको यो चलिचित्र नायीका सामम्राज्ञी ब्रान्ड एम्बसेडर रहेको माइग्रेशन एन्ड एजुशेकन सेन्टरले प्रमोशनका लागि अस्ट्रेलिया ल्याउन लागेको हो । नेपालमा निकै रुचाइएको यो चलचित्रलाई सिडनी र अस्ट्रेलियाका नेपाली दर्शकले पनि मन पराउनु हुनेछ भन्ने बिश्वास लिएको छु, निर्देशक सुनिलले बताए । चलचित्र सिडनी लगायत अस्ट्रेलियाका अन्य शहरहरुमा समेत प्रर्दशनको ब्यवस्था मिलाइएको सुनिलले बताए ।