आहा ! हाम्रा कति बहुमुखी । हाम्रै नेता टुक्काकारी । हाम्रै नेता कवि । तर कहिल्यै सप्रिएन । बिग्रिएको छवि । हाम्रौ नेता कथाकार । आज हाम्रै सरकार । हातगोडाले काम गरेन । कठै ! कस्तो बेकार । कोही बुन्दै माकुरी जाल । कोही गन्दै चाल । रक्षक सारा भक्षक भए । देशको दिउँसै बेहाल । चीलले चल्ला टिपिजान्छ । माउलाई लान्छ स्याल । देशको दर्शन फेर्छु भन्छ । पल्किएको काल ।