……….कविता……….
गला दबाईयाे न्याय भएन । ईल्जाम लगाईयाे थाहै भएन । मुटु चिरियाे कारबाही भएन । समाज भाँडियाे वास्तै गरिएन । संस्कार मेटियाे सभ्यता भेटिएन । नैतिकता हरायाे बिकृति डराएन । चेली बेचिए चमेली तेल किनियाे । युवा बेचिए माेबाईल किनियाे । मुलुक बेचियाे मन्त्रालय किनियाे । मधेशी बेचिए महल किनियाे । महिला मलायामा घरबार बेचियाे । माैलिकता बेचियाे मदिरा किनियाे । विवेक बेचियाे बुद्धि किनियाे । शुद्धि बेचियाे संमृद्धी किनियाे । खेत बेचियाे गमला किनियाे । अाैषधी किनियाे अमला बेचियाे । वातावरण बेचियाे अक्सिजन किनियाे । खाेला बेचियाे ढल नाला किनियाे । अक्कल बेचियाे नक्कल गरियाे । बेच्ने चिज सकियाे किन्ने मात्र रह्यो । सारा जीवन जवानी लाहुरमै सिद्धियाे ।