चीन, असोज २३ । चीनले मङ्गलबार जिक्वान अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट दुईवटा रिमोट सेन्सिङ उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
यी दुबै उपग्रहहरु लङ मार्च–२सी रकेटको प्रयोग गरी अन्तरिक्षमा प्रक्षेपण गरिएको चिनीया अधिकारीहरुको भनाइ छ । यी उपग्रहहरु इलेक्ट्रोम्याग्नेटिक वातावरण सर्भेक्षण र यससँग सम्बन्धित अन्य प्रविधि परीक्षणमा उपयोग गरिने छ ।
यो अभियान लङ मार्च रकेटको २८६औं हो ।