काठमार्डौँ, असोज २३ । राष्ट्रसेवक कर्मचारीले सर्वसाधारणमा धुमलिएको छवि राम्रो बनाउनुपर्ने भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताएकी छिन् ।
ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै उनले मालपोत र नापी कार्यालयका कर्मचारी अनियमिताको आरोपमा दिन प्रतिदिन पक्रिरहँदा आफ्नो शिर झुकेको बताइन् ।
मन्त्री अर्यालले मन्त्रालय अन्तर्गतका कार्यालयलाई व्यवस्थित गरी समयसापेक्ष अत्याधुनिक सेवा पारदर्शी रुपमा सञ्चालन गर्न कर्मचारीलाई निर्देशन दिइन् ।
सरकारी कार्यालयबाट पाउने सेवा सजिलै पाउने जनताको अधिकार भएको बताउँदै उनले लोकतन्त्रमा जनताले दुःख पाए भने परिवर्तन संस्थागत हुन नसक्ने बताएकी छिन् ।