आर्थिक

स्वरोजगार कोषको व्याज अनुदान बितरण गरिदै

By Bala Adhikari

October 21, 2018

सिन्धुली जिल्लामा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको मिति २०६९ साल चैत्र महिनामा ९ वटा सहकारी मार्फत रु ३ करोड लगानि बाट ३०९ जना स्वरोजगार व्यवसायि बनेका मध्यमा पहिलो चरणमा ५ वटा सहकारी मार्फत रु १४७२४३३.०० रकम व्याज अनुदान बितरण गरिएको छ ।

जसमा सुनाखरी कृषि सहकारी सस्था लि. हरिहरपुरगढि गाउँपालिका ७ मा ३५ जना रु २८७५०० , बितिजोर कृषि उपभोक्ता सहकारी सस्था लि. गोलन्जोर २ मा ३० जनालाई रु १६९५०२, स्ववलम्वी बचत तथा ऋण सहकारी सस्था लि. दुधौली नगरपालिका २ मा ४२ जनालाई रु ३६९७२३ , हितैषी कृषि सहकारी सस्था लि. कमलामाई नगरपालिका ८ मा २९ जनालाई रु ३३३८४० बितरण गरि सकेको छ भने र हातेमालो साना किसान कृषि सहकारी लि. कमालामाई न.पा. ४ मा २१ जनाहलाई रु ३११८६८ बितरण गर्न लागिएको छ ।

सो रकम स्वरोजगार कोषले सहकारी मार्फत सहुलियत व्याज दरमा १२ प्रतिशतमा लगानि गरियको हो ।

६० व्याज अनुदान पाउनको लागि नियमित व्यवसाय गरिरहनु पर्ने र हर्जना नलगाई समयमै किस्ता र व्याज भुत्तानी गर्नू पर्दछ ।

थप अव दोेस्रो चरणमा ३ वटा सहकारीलाई व्याज अनुदान दिने तयारीका लागेको छैाँ । एक सहकारीलाई व्याज अनुदान दिन नसकिने छ ।

यस युवा तथा साना व्यवसायी स्वरोजगार कोष बाट सिन्धुली जिल्लामा २६ वटा सहकारी मार्फत १५ करोड हारा हारी स्वरोजगार कर्जा लगानि गरि ६०० जनाको हाराहारीमा स्वरोजगार बनाएको छ जसको व्यजदर १० प्रतिशत रहनेछ ।

थप लगानि बढाउदै १४ वटा सहकारीको पस्ताव परेकोमा करिव ९ करोडको माग गरियको छ ।

सो सहकारी अनुगमन गरिन लागिएको र उचित सहकारीलाई स्वरोजगार कर्जा सुकृत गरिने छ ।