दृष्टिकोण

चियापान

By Bala Adhikari

October 28, 2018

*******कविता*******

नेकपाको पितृमैत्री चियापान । कांग्रेसको सधैं ससुराली मैत्री । अरुहरुको पनि आफन्त मैत्री । मरेको बाउलाई केरा खाउ भन्ने । चल्ति चलनको नेपाली उखान ।

कांग्रेस पनि भिआइपिलाई तान्दै । भित्र भित्रै पालमुनी लैजान्छ । सर्वहाराको समेत यस्तै हाल छ । जताततै शोषकको सञ्जाल छ । यहाँ सत्य सामथ्र्यको अनिकाल छ ।

जिनमा बगेको जैविक जिवित छ । बाहिर देखाउने दर्शनको खोल छ । पिएपछि ओकल्ने अनौठो झोल छ । सडकपेटीमा बिजुलीको पोल छ । सर्वत्र अन्धकारको अन्यौल छ ।

यहाँ बिकाउ आगन्तुक आईरो छ । जरै सहित सडाउने खोईरो छ । पिँधैदेखी पल्टाउने पहिरो छ । अत्तरछरेर कोटमा नाक सुर्किन्छ । जनतालाई देख्यो भने झर्किन्छ ।

यस्तालाई सलाम ठोक्ने चलन छ । अरुलाई भकुण्डोको प्रचलन छ । ज्यामीले भकारी भण्डार भर्याे । अल्छी डाईंठेको अनिकाल टर्याे । हजुर ! लोकतन्त्रले पनि गर्नु गर्याे ।