काठमाडौं, कात्तिक १२ । शनिबारदेखि रुघाखोकीले ग्रस्त बनेका प्रधानमन्त्री केपी शर्मा ओलीकोे स्वास्थ्यमा थप समस्या देखिएपछि बिहान ४३० बजे अस्पताल लगिएको छ ।
उनको छातीमा संक्रमण र शरीरमा चिनीको मात्रा असन्तुलित भएको उपचाररत चिकित्सकहरुले बताएका छन् । उनको स्वास्थ्य अवस्थाबारे बुझ्नका लागि अस्पताल पुगेका उनका शुभचिन्तकहरुलाई भेट्नका लागि अस्पतालले रोक लगाएको छ ।
अव्यवस्थित भिडभाड बढेको र संक्रमण अझै बढ्न सक्ने भन्दै अस्पतालले नेताहरुलाई समेत भेट गर्नका लागि रोक लगाएको हो । उनको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।
उनीको स्वास्थ्योपचारका लागि बिहानै अस्पताल लगिएको खबर प्राप्त भएपछि नेता तथा कार्यकर्ता र अन्य शुभेच्छुकहरुको अस्पतालमा भिड लागेको छ ।
प्रम ओलीको स्वास्थ्य स्थिति बुझ्नका लागि अस्पताल पुगेका नेताहरुलाई पनि भित्र जान नदिइएको नेकपाका केन्द्रीय सदस्य राजन भट्टराईले बताएका छन् ।