आर्थिक

नेपाल र मलेसियाबीच श्रम सम्झौता

By Bala Adhikari

October 29, 2018

काठमाडाैँ, कात्तिक १२ । नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी श्रम समझदारीपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरानले हस्ताक्षर गरेर श्रम सम्झौता गरेका छन् ।

आज आयोजित समारोहमा दुई देशबीच श्रम सम्झौता भएको हो । दुई देशका उच्च अधिकारीबीच भएको यस समझदारीसँगै छ महीनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ला हुने भएको छ ।

लामो प्रयासपछि नेपाल र मलेसियाबीच कामदार आपूर्तिका विषयमा समझदारी भएको र त्यसका लागि मलेसियाली मानव संसाधनमन्त्री आइतबार राति नेपाल आएका थिए ।