कभर स्टोरी

क्यानडामा जनसम्पर्क समितिकाे शुभकामना अादान प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न ।

By Bala Adhikari

October 30, 2018

राजु थापा, क्यानडा ।

क्यानडा स्थित नेपाली कांग्रेसको भातृ संथा नेपाली जनसम्पर्क समिति, क्यानडाले यहि अक्टोबर २८ तारिख आर्इतवार हिन्दुहरूको महान चाड बिजया दशमि, तिहार, छठ र मह्ंपुजाको अबसरमा जिटिएमा बसोबास गर्ने नेपाली समूदायका सदस्यहरू बिच एकआपसमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आयोजना एभरेष्ट तेक्वान्दाे एकेडेमि सभाहलमा भब्यताका साथ सम्पन्न गरेको छ ।

नेपाली कांग्रेसले २०३३ साल देखि बिपि कोर्इराला भारत बाट मेलमिलापको निति लिएर स्वदेश फर्के देखि दशैको कोजाग्रत पूर्णिमाका दिन बाट शुभकामना तथा चियापान कार्यक्रमको परम्परा कायम गर्दै आएको छ र नेपाली कांग्रेस संग आबद्दता भएका बिदेश स्थित जनसम्पर्क समितिहरूले पनि यो कार्यक्रम गर्दै आर्इरहेका छन् ।

कार्यक्रममा जिटिए भित्र रहेका अधिकांस नेपाली संघ संथाका प्रतिनिधिहरू लगायत नेपाली समूदायका सदस्यहरूको उपस्थिति रहेको कार्यक्रमको शुरूवात नेपाली तथा क्यानेडियन राष्टिय गित बजार्इ गरिएको थियो । पहिलो चरणको औपचारिक कार्यक्रममा संघ संथाका प्रतिनिधिहरूले शुभकामना मन्तब्य सहित नेपाली समूदायको उत्थानमा पुर्याउनु पर्ने भूमिका, कमिकमजोरि लगायत भावि रणानितिका बारेमा चर्चा गरेका थिए ।

I

त्रिभुवन बिश्वबिध्यालयका प्रा.डा. तथा सिनेट सदस्य रामशरण पाठकको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ क्यानडाका अध्यक्ष गोपीकृष्ण काफ्ले, एनआरएनए नर्थ अमेरिका आर्इसिसि सदस्य अभिमन्यू बस्नेत, एनआरएनए क्यानडाका उपाध्यक्ष राजकुमार महत, एनसिएनसीका अध्यक्ष डिआर खनाल, एनआरएन क्यानडाका महासचिव चिरन्जिवि घिमिरे, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष तथ नमस्ते रेडियोका संचालक अनिल थापा, एनसीएचसीका प्रतिनिधि केदार प्रशाद भट्टरार्इ, प्रबासि मंच क्यानडाको तर्फ बाट पशुपति पोखरेल, जनजाती संघ क्यानडाका अध्यक्ष गिरि बुढाथोकि, क्यानेडिएन महिला चौतारिकी अध्यक्ष गिता दवाडी, मगर संघ क्यानडाका महासचिव रमेश राना, कन्सर्न नेपालको तर्फ बाट गोबिन्द सिवाकोटि, एनआरएन क्यानडाका पूर्व प्रमुख निर्वाचन अधिकृत चन्द्र रार्इ, एनआरएन क्यानडाका सल्लाहकार प्रकाश ज्ञ्यवाली, एनआरएनए क्यानडाका पूर्व प्रबक्ता डा किस्मत भण्डारी, एनआरएनए क्यानडाका यूथ संयोजक क्रिजल केसि, नेपाली क्यानेडिएन क्रिकेट क्लवका अध्यक्ष र्इमरान खान, गल्फ बिश्वबिध्यालयका प्रा डा कृष्ण बहादुर केसि, त्रिभुवन बिश्वबिध्यालयका प्रा.डा पुष्प शर्मा र तनहु समाजका तर्फबाट रत्न तिमिल्सिनाले शुभकामना मन्तब्यका साथै आफ्ना धारणा प्रस्तुत गरेका थिए भने लालिगुँरास स्पोर्टस एण्ड कल्चरल क्लवका तर्फबाट उपाध्यक्ष कुन्दन घिमिरेको नेतृत्वमा उपस्थिति रहेको थियो ।

नेपाली जनसम्पर्क समिति, क्यानडाको तर्फ बाट संथाको गतिबिधि, भाबि रणनिति र संथाको उद्देश्यका बारेमा कार्यबाहक सभापति सुरेन्द्र खड्का, महामन्त्रि दिपक मोहन भट्टरार्इले प्रकाश पारेका थिए भने जनसम्पर्क समितिको परिचय र कार्यक्रम संचालन एनपिआरसिका महामन्त्रि दिपक सापकोटाले गरेका थिए ।

कार्यक्रममा नेपाली जनसम्पर्क समिति, क्यानडा संयूक्त कार्यदलका संयोजक रामबाबु थापाले नाममा प्रजातन्त्र बादि तर काममा ब्यक्तिबादि प्रबित्ति हावी भएकोले त्यसको निराकरणका लागि आफु लागिपरेको बताएका छन् । नेपाली जनसम्पर्क समिति क्यानडाका कार्यबाहक सभापति सुरेन्द्र खड्काको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।