ग्रानभील नेप्लीज कम्युनिटी क्लबले भर्खरै दशै महोत्सव भब्य रुपमा सम्पन्न गरेपछि आउदो नोभेम्बर २५ तारिखका दिन समर क्रुज पार्टीको आयोजना गर्ने भएको छ । रामचन्द्र काफ्ले र जुनु रिजाल काफ्लेको बिशेष उपस्थीतीमा ग्रानभिल समाजले स्थानिय ब्लाउजा हलमा करिब चार सय ब्यक्तीको उपस्थीतीमा दशै महोत्सव सम्पन्न गरेको थियो । कार्यक्रममा स्थानिय लेबर पार्टीकी सांसद जुलि फीनले कार्यक्रमको उदघाटन गर्दै नेपाली समाजको बाक्लो उपस्थीती रहेको ग्रानभिलमा यस्तो कार्यक्रम हुनु निकै खुसीको बिषय भएको बताइन । कार्यक्रममा ग्रानभिल नेप्लीज कम्युनिटी क्लबका अध्यक्ष रमेश थापाले यस क्षेत्र वरपर छरिएर रहेका नेपालीजनहरुलाई एकताको सुत्रमा बाधेर अगाडि बढने प्रयास सफल भएकोमा खुसी ब्यक्त गरे । थापाले कार्यक्रममा भने , सहयोग र सदभावमा एकजुट हुने हाम्रो समाजिक परम्परालाई अब उत्सवमा पनि जोडने प्रयत्न गरेका हौ ।
कार्यक्रममा स्थानिय समाजिक अभियन्तालाई सम्मान गर्नुका साथै स्थानिय कलाकारहरुको पनि बिेशष प्रस्तुती रहेको थियो । यसै बिच नया कार्यसमिती आएको केहि महिनामै भब्य रुपमा पहिलो कार्यक्रम सम्पन्न् भएप्छि ग्रानभिलले नोभेम्बर २५ तारिखका दिन डार्लिङ हार्वरमा चार घन्टाको समर क्रुज पार्टी गर्ने भएको छ ।सिडनीका् नेपाल महोत्सवको भोलीपल्ट पारेर आयोजना गर्न लागिएको यस क्रुज पार्टीमा नेपाल महोत्सवमा सहभागि हुने सबै कलाकार र अतिथीलाई समेत निम्ता गरिने ग्रानभिल समाजका अध्यक्ष रमेश थापाले बताए । करिब पाँंच सय क्षमताको यो पानी जहाजमा हुने रात्रिभोजमा एनआरएनका केन्द्रिय अध्यक्ष भवन भट्ट , नेपालवाट आउने कलाकार र अतिथीगणलाई समेत निम्ता दिने काम भैसकेको छ । यो नेपाल महोत्सवको लगत्तै हुने यस क्रुज पार्टीवाट नाफा भएको रकम एनआरएनका वेलफेयर फन्ड र ग्रानभिल राइनोज फुटबल क्लबलाई सहयोग स्वरुप प्रदान गरिने समाजका अध्यक्ष थापाले बताए ।